२७ माघ, काठमाडौं । नेपाल महिला रग्बी क्लबको आयोजनामा फागुन पहिलो साता बागमती यू-२० महिला रग्बी च्याम्पियनसिप हुने भएको छ ।
आगामी फागुन ६ र ७ गते भक्तपुरस्थित मध्यपुर युथ ग्राउण्णमा रग्बी सेभेन्स प्रतियोगिता हुने म्लबकी अध्यक्ष एलिसा थापाले जानकारी दिईन् ।
प्रतियोगितामा ७ वटा टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ्न् । अहिले सम्म ७ वटा टिमले आफ्नो टिम दर्ता गराएका छ्न् जसमा ४ प्रदेश र २ क्लब टिम सहभागी हुने छन् ।
आयोजकले प्रतियोगिताको लागि सम्पुर्ण तयारी तीव्र रूपमा भइरहेको जनाएको छ । यसअघि पनि क्लबले विभिन्न कार्यक्रम र प्रतियोगिता सञ्चालन गरिसकेको छ ।