Monday, February 10, 2025
घरसमाचारसल्यान महोत्सवमा आगलागी, स्टलहरू जलेर नष्ट

सल्यान महोत्सवमा आगलागी, स्टलहरू जलेर नष्ट




सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर १, श्रीनगरमा जारी दोस्रो बृहत् सल्यान महोत्सवमा आगलागी हुँदा ठूलो क्षति भएको छ। महोत्सवको आठौं दिन राति ११ बजेतिर भएको आगलागीबाट स्टलहरू जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी केशव न्यौपानेले जानकारी दिँदै भन्नुभयाे, “आगलागी विद्युत् सर्टका कारण भएको हुनसक्छ। अनुसन्धान भइरहेको छ, तर हाम्रो प्रारम्भिक अनुमान विद्युत् सर्ट कै कारण आगलागी भएको हो।”

११ बजेदेखि सुरु भएको आगो नियन्त्रणमा लिन झन्डै साढे तीन घन्टा लागेको डिएसपी न्यौपानेले बताउनुभयाे।

महोत्सवमा झन्डै डेढ सय स्टलहरू थिए। व्यापारीहरू राती सुत्न बाहिर जाने गरेका थिए, रात्रिको समयमा महोत्सवको रेखदेखका लागि ठेकेदारका मानिसहरू र प्रहरी खटिएका थिए।

अचानक लागेको आगोबाट क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन। माघ १८ गतेदेखि जारी महोत्सवमा दर्शकहरूको उपस्थिति निकै कम रहेको स्थानीयले बताएका छन्।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -