फाइल तस्वीर
८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार धेरै लामो नजाने दाबी गरेका छन् । मंगलबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । यो प्रष्ट भन्दै आएको छु, प्राकृतिक छैन, स्वभाविक छैन, पारदर्शी पनि छैन,’ प्रचण्डले अघि भने, ‘फेरि गरेका काम पनि उल्टा उल्टा हुँदै गएका छन्, अहिले अध्यादेशसम्म आउँदा त लाजैमर्दो भएको छ ।’
प्रचण्डले यसअघि पनि पटकपटक सरकार लामो नजाने दाबी गर्दै आएका छन् ।