काठमाडौं । ‘स्क्विड गेम’ सिजन २ नेटफ्ल्क्सिमा धेरै हेरिने तेस्रो शो बनेको छ । शीर्षस्थानमा रहेको ‘स्क्विड गेम’को पहिलो सिजनलाई २६५ मिलियन पटक हेरिएको छ । दोस्रो स्थानमा रहेको ‘वेनस्डे’लाई २५२ मिलियन पटक हेरिएको छ ।
‘स्क्विड गेम’को दोस्रो सिजनलाई १५२.५ मिलियन पटक हेरिएको छ । २६ डिसेम्बरमा प्रिमियर भएको यो शोलाई ४ दिनमै ६८ मिलियन पटक हेरिएको थियो, जुन प्लाटफर्मको इतिहासमा सबैभन्दा ठूलो टिभी डेब्यु रहेको जनाइएको छ ।
११ दिनसम्म यसलाई १२६.२ मिलियन पटक हेरियो जुन यो समयमा यति धेरैपटक हेरिने नेटफ्ल्क्सि श्रृंखला बनेको जनाइएको छ । रिलिजको केही दिनसम्म यो दक्षिण कोरियाली शो नेटफ्ल्क्सि प्लाटफर्ममा ९३ मुलुकको शीर्ष ट्रेन्डिङमा थियो ।
अंग्रेजी भाषाको सिरिजतर्फ हार्लन कोबेनको सिरिज ‘मिसिङ यू’ १५.२ मिलियन भ्यूजसहित जनवरी ६को सातामा शीर्षस्थानमा छ ।
स्क्विड गेमको तेस्रो सिजनको कुरा गर्दा, यो सिजन सन् २०२५ मै आउने जनाइएको छ । नेपालमा समेत यसको लोकप्रियता निकै देखिन्छ । भारतमा यो सिरिज धेरै हेरिनेमध्येको शीर्षस्थानमा समेत थियो ।