Wednesday, February 5, 2025
घरसमाचार१०औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

१०औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

३ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा ११९औं बोर्ड बैठक सिहंदरबारस्थित खेलकुद मन्त्रालयमा बिहीबार सम्पन्‍न भएको छ ।

बैठकले कर्णाली प्रदेशमा हुने १०औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित पारित गर्दै उपयुक्त समयमा सार्वजनिक गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले नेपाल ओलम्पिक कमिटीको चुनाव र साधारण सभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।

साथै ओलम्पिक कमिटीको चुनाव तथा साधारण सभामा सहभागी राष्ट्रिय खेल संघले राखेपसमक्ष पेश गरेको स्पष्टिकरण उचित कारण र आधारबिना पेश गरेका संघका लागि थप आवश्यक प्रक्रिया अगाडि बढाउने गरी निर्णय भएको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -