Saturday, January 18, 2025
घरक्राइम चेकनेपाल प्रहरीमा एसपी सरुवाको तयारी, विवादित एसपी पर्साको लागि दौड़धूप गर्दै

नेपाल प्रहरीमा एसपी सरुवाको तयारी, विवादित एसपी पर्साको लागि दौड़धूप गर्दै

काठमाडौं । सोमबार राती लामो रस्साकस्सीपछि नेपाल प्रहरीका जनपथतर्फ २५ प्रहरी उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिससँगै चार जिल्लाका प्रहरी प्रमुख पद खाली भएको छ ।

बारा प्रहरी प्रमुख महेन्द्र खड्का, सिन्धुपाल्चोकका सन्तोष खड्का, नुवाकोटका शान्तिराज काेइराला र इलामका प्रभु ढकाल एसएसपीमा बढुवा सिफारिस भएसँगै ती जिल्लामा नयाँ एसपी पठाउन प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ ।

रिक्त जिल्लामा मात्र नभएर अन्य जिल्लाका एसपीहरुको समेत समयावधि पुगिसकेको हुनाले प्रधान कार्यालय सरुवाको तयारीमा जुटेको हो । करिब दुई दर्जन जिल्लाका प्रहरी प्रमुख हेरफेरको तयारी छ ।

जस्तो पर्सा, रुपन्देही, बाके, गोरखा, काभ्रे, कंचनपुर, झापा, बागलुङ, कैलाली, डोटी, गुल्मी, मोरङ, सुर्खेतलगायत जिल्लाका एसपीहरुको १ बर्ष समयावधि पुगेको हुनाले प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त बहादुर कुवर सरुवाको तयारीमा जुटेका हुन् ।

जसमध्ये पर्सा, बारा, रुपन्देही, बाके, काभ्रे, झापा, मोरङ, कैलाली, कंचनपुर जानको लागि एसपीहरु चर्को दौडधुप गरिरहेका छन् । त्यसमध्ये पनि जिल्ला प्रहरी कार्यालय पर्सा जानको लागि आधा दर्जन एसपीहरु लागिपरेका छन् ।

आकर्षक जिल्लाको रुपमा चिनिएको पर्सा जानको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको बडिगार्ड बसेका एसपीद्वय सन्तोष तामाङ र राजन लिम्बू मुख्यतः लागिपरेका छन् । तर, उनीहरु दुवैजना प्रहरी संगठनमा विवादित अधिकृत हुन् ।

नेकपा एमालेका अध्यक्ष ओलीको नेतृत्वमा सरकार छ । आफुलाई वर्तमान सरकारले पर्सा नै पठाउने भन्दै व्याजमेटहरुलाई गफ समेत दिन थालिसकेका छन् ।

प्रहरी कमाण्ड कमजोर रहेका तामाङ शक्तिशाली एसपीको रुपमा देखिनु प्रहरी नायब उपरीक्षक (डिएसपी) मा नेकपा एमाले अध्यक्ष ओलीको बडिगार्ड भएर बस्नु हो । तर, पछिल्लो समय उनलाई एमालेका नेताहरुले नै मन पराउदैनन ।

त्यस्तै लिम्बुको यसअघि जिप्रका मोरङ काज सरुवा भएको थियो । तर, आफू पर्सा जाने हो, मोरङ जादिन भनेर उक्त काज सरुवा नै रद्द गरे । यसरी शक्तिको दुरुपयोग गर्दै उनीहरुले प्रहरी प्रमुखलाई समेत चुनौती दिएका छन् ।

तर, प्रहरी प्रमुख कुवर उनीहरु दुवै जनालाई पर्सा पठाउने पक्षमा छैनन् । गृहमन्त्री रमेश लेखक मात्र नभएर प्रधानमन्त्री ओलीले समेत उनीहरु दुवैजनालाई त्यहाँ पठाउन चासो देखाएका छैनन् । उनीहरुको कारण प्रहरी संगठनको मात्र नभएर पार्टीकै बदनाम भएको ओलीको बुझाइ छ ।

यस्तै उनीहरु मात्र नभएर अन्य केही एसपीहरु समेत पर्सा जान लागिपरेका छन् । आइजीपी कुवरले पर्सामा इमान्दार र अब्बल क्षमताका अधिकृतलाई पठाउन खोजेका छन् । जुनकुरामा गृहसचिव गोकर्णमणि दुवाडी समेत सकारात्मक छन् ।

एसपी गोविन्द पुरीको समेत पर्सा जानको लागि नाम चर्चामा छ । उनी संगठनमा व्यवसायीक प्रहरी अधिकृतको रुपमा चिनिन्छन । पर्सा नभएको अवस्थामा उनको रुपन्देही र बारामध्ये एउटा जिल्ला हुने लगभग कन्फर्म जस्तै रहेको स्रोत बताउँछ ।

 

साभार :स्कूपखबर

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -