Saturday, January 11, 2025
घरसमाचाररुस र युक्रेनले गरे ३ सय युद्धबन्दी आदानप्रदान

रुस र युक्रेनले गरे ३ सय युद्धबन्दी आदानप्रदान

१५ पुस, काठमाडौं । रुस र युक्रेनले सोमबार सयौं युद्धबन्दी आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा युद्धबन्दी आदानप्रदान गरिएको हो ।

१५० युक्रेनी सैनिकलाई रुसी सेनाको बराबर संख्यामा अदला–बदली गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । ती युक्रेनी सैनिकलाई रुसले सन् २०२२ को मे महिनादेखि बन्दी बनाए राखेको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्क्सीले भने एक सय ८९ युक्रेनी नागरिक स्वदेश फर्किएको बताएका छन् । उनीहरू मारियोपालमा चलेको युद्धको क्रममा रुसी कब्जामा पुगेका थिए ।

मे २०२२ मा रूसले दक्षिण–पूर्वी युक्रेनी बन्दरगाह सहर मारिपोललाई जित्नको लागि एक महिना लामो लडाई लडेको थियो । त्यसक्रममा अन्तिम लडाकुहरूले शहरको अजोभस्टल स्टिल प्लान्टको रक्षा गर्दै आत्मसमर्पण गरेका थिए ।

जेलेन्स्कीले मारियोपोलमा पक्राउ परेका दर्जनौं सैनिक, सर्जेन्ट, सीमा गार्ड र अफिसरहरूमध्ये सोमबार रिहा भएका दुई नागरिक रहेको बताएका छन् ।

‘हामी सबैलाई रूसी कैदबाट मुक्त गर्न काम गरिरहेका छौं । यो हाम्रो लक्ष्य हो । हामी कसैलाई बिर्सने छैनौं,’ जेलेन्स्कीले भनेका छन् ।

पछिल्लो आदानप्रदानअघि यही वर्ष केवल दश कैदीको आदनप्रदान भएको थियो । युक्रेनले द्वन्द्व सुरु भएदेखि राजधानी कीभसँगको सम्झौतामा मस्कोले सैनिक र सर्वसाधारणसहित तीन हजार ९ सय ५६ जनालाई रिहा गरेको जनाएको छ । रुससँग अझै करिब आठ हजार युद्धबन्दी रहेको अनुमान गरिएको छ । (एजेन्सीको सहयोगमा)

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -