रुपन्देही । नेपाल पत्रकार महासंघ रुपन्देही शाखामा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल नै विजयी भएको छ । अध्यक्षमा चौतारीका दिनेश पाण्डे निर्वाचित हुँदा उहाँको प्यानल नै विजयी भएको हो ।
पाण्डेले ९५ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी समाजवादी प्रेस संगठनका विनोद परियारले ७७ मत प्राप्त गर्नुभएकाे थियाे । उहाँलाई प्रेस सेन्टरलगायत विभिन्न संगठनको समर्थन थियो । त्यस्तै प्रेस चौतारीबाट विद्रोह गरी उम्मेदवारी दिनुभएकी अमृता अनमोल पाण्डेले ५९ मत ल्याउनुभएकाे छ ।
यहाँ उपाध्यक्षमा विश्वास ढकाल निर्विरोध निर्वाचित हुँनुभएकाे छ । महिला उपाध्यक्षमा मिना पाण्डे (अस्मिना) १६४ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धी माया केसी ६८ र उषाकिरण पन्थले १७ मत प्राप्त गर्नुभएकाे छ । सचिवमा सिपी खनाल १३६ मत प्राप्त गरी विजयी हुँदा कपिल अधिकारीले ८५ मत प्राप्त गर्नुभयाे ।
सहसचिवमा झविन्द्र देवकोटा १५४ मत ल्याइ विजयी हुनुभयाे भने टेकराज भुसालले ४० र माधवराज न्यौपानेले २८ मत प्राप्त गर्नुभयाे । त्यसैगरी सहसचिव समावेशीमा सुमनरश्मी श्रेष्ठ १२० मत प्राप्त गरी विजयी हुँदा राधेश्याम विश्वकर्माले ६२ र सुनिता चुँदालीले ४६ मत ल्याउनुभयाे । त्यसैगरी कोषाध्यक्षमा नरेश केसी १५८ मत प्राप्त गरी विजयी हुँदा सञ्जय सौगात विश्वकर्माले ६९ मत प्राप्त गर्नुभयाे ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा महिला सदस्यतर्फ अनिता चौधरी १४८, दलित सदस्यमा कृष्ण रणपाल १४६, आदिवासी जनजाती सदस्यमा नरेश चौधरी १४२, मधेशी सदस्यमा हृदयराम गुप्ता १३९ मत प्राप्त गरी निर्वाचित हुनुभएकाे छ ।
त्यस्तै खुल्ला ८ जना सदस्यमा कल्पना डुम्रे १५२, डिवि सुस्लिङ ११४, दिनेश कुमार श्रेष्ठ ११६, भुवन जिसी १२०, रविन्द्रप्रताप गुप्ता १३४, रामप्रसाद भण्डारी १३२, ललितकुमार पाण्डे १४६, सुमित्रा चापागाईं १११ मत प्राप्त गरी विजयी हुनुभएकाे छ ।