Saturday, December 14, 2024
घरसमाचारजे ३० पोखरा आइटिएफ वर्ल्ड टेनिस टुर: आरव र शिवाली फाइनलमा 

जे ३० पोखरा आइटिएफ वर्ल्ड टेनिस टुर: आरव र शिवाली फाइनलमा 




पोखरा । पोखरामा जारी जे३० पोखरा आइटिएफ वर्ल्ड टेनिस टुर सर्किट २ अन्तर्गत सिंगल्सतर्फ आरव सम्राट हाडा र शिवाली गुरुङले फाइनलमा प्रवेश गर्नु भएको छ । 

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा पोखरामा जारी उक्त प्रतियोगिता अन्तर्गत ब्वाइज सिंगल्सतर्फ वरियतामा नं ३ समेत रहेका आरव सम्राट हाडाले अस्ट्रेलियाका उदाउँदा खेलाडी प्रतीक नवीनलाई ६–४, ६–४ को सोझो सेटमा पराजित गर्दै फाइनलमा यात्रा बनाउनु भएको हो । 

फाइनलमा उहाँले भारतीय खेलाडी आश्रब्य मेहरासँग भिड्नु हुने भएको छ । आश्रव्यले सेमिफाइनलमा चीनका सिउयुआन गुओलाई लाई ६–४, ६–४ ले सोझो सेटमै पन्छाउनु भएको हो । आश्रब्य सर्किट १ का उपविजेता हुनुहुन्छ । नेपाली खेलाडीहरूले होम ग्राउण्डमा विश्वस्तरीय खेल प्रदर्शन गर्दै जितको लयलाई कायम मात्रै गर्नू भएको छैन उपाधि होडमा समेत स्थान पक्का गर्नु भएको हो ।

यस्तै गल्स सिंगल्सतर्फ सेमिफाइनलमा नेपालकी शिवाली गुरुङले शानदार खेल प्रदर्शन गर्दै भारतकी अर्जन खोरकिवालालाई ६–२, ६–४ ले पराजित गरी फाइनलमा स्थान बनाउनु भयो ।  शिवालीले फाइनलमा मंगोलियाकी मार्टा चोग्सोमजाभ सँग भिड्नु हुने भएको छ । सेमिफाइनलको खेल चलिरहँदा भारतकी माहिका खन्ना रिटायर्ड हर्ट हुँदै मैदान छोड्नु परेको थियो । उहाँ मैदान छोड्नु अघि मार्टा पहिलो सेटमा ४–० ले अघि हुनुहुन्थ्यो । 

ब्वाइज डबल्स फाइनल 
शुक्रबार ब्वाइज तथा गल्स डबल्सतर्फका फाइनल खेलहरू सम्पन्न भएका छन् । जसमा ब्वाइजतर्फ भारतीय जोडी आदित्य मोर र अधिराज ठाकुरले आफ्नै देशका आरव चावला र ओजस मेहलावतलाई ७–५, ६–२ ले पराजित गर्नु भयो ।  

यस्तै गल्स डबल्समा मार्टा चोग्सोमजाभ (मङ्गोलिया) र यिजिया झाओ (चीन) को जोडीले भारतीय जोडी दिशा बेहरा र अर्जन खोरकिवालालाई ६–२, ६–४ ले पराजित गर्दै उपाधि हात पार्नु भयो । भोलि (शनिबार) सिंगल्सतर्फका फाइनल खेलहरू बिहान साढे ९ः०० बजे सुरु हुने छन् । भोली हुने समापन कार्यक्रममा विजेता खेलाडीहरूलाई मेडल वितरण गरिने भएको छ । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -