Friday, November 15, 2024
घरसमाचारपाटनमा ३८३ वर्ष पुरानो कार्तिक नाच (तस्वीरहरु)

पाटनमा ३८३ वर्ष पुरानो कार्तिक नाच (तस्वीरहरु)

३० कात्तिक, काठमाडौं । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा कार्तिक नाच भएको छ । यो नाच ३८३ वर्षदेखि चल्दै आएको मानिन्छ ।

यो नाच भगवान विष्णुका १७ कथासँग जोडिएको मान्यता छ ।  नाचमा हरेक दिन फरक-फरक कथामा आधारित रहेर लिला अनुसारका नाच देखाइएको थियो ।

यो नाच मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले सुरु गरेदेखि हरेक कात्तिक महिनामा चल्दै आएको छ । सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ ‘कार्तिक नाच’ चलाएको जनविश्वास छ ।

नेपाल संवत् ७६१ अर्थात् विसं १६९७ मा ‘कात्तिक नाच’को प्रारम्भ भएको इतिहासमा उल्लेख छ । यसको प्रमुख विशेषता हरेक दिन फरक-फरक कथामा आधारित रहेर नाच देखाउनु हो ।

मल्लकालीन राजा सिद्धिनरसिंहले ललितपुरका जनतालाई भय र त्रासमुक्त गर्न यो नाच देखाउन थालेको मान्यता छ । यस नाचका सर्जक, स्रष्टा एवं प्रवर्तक सिद्धिनर सिंहका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्याय भएको उल्लेख छ ।

यो नाच सुरुमा पाँच दिन प्रदर्शन भएको थियो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’ अर्थात् ‘लोक नाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर यसलाई १५ दिन पुर्‍याए भनिन्छ ।

थप तस्वीरहरु

   

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -