३० असोज, बनेपा । काभ्रेमा डेंगु संक्रमितको संख्या ३०० नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेले सार्वजनिक गरेको तथ्यांक अनुसार साउनयता डेंगु संक्रमितको संख्या ३०२ पुगेको छ ।
संक्रमण पुष्टि हुनेको संख्या दैनिक बढिरहेको तथ्यांकले देखाएको छ । पछिल्लोको ५ दिनको रेकर्ड हेर्दा २५ जनामा डेंगु संक्रमण देखिएको छ ।
असोज २५ गते ५ जना, २६ गते ४ जना, २७ गते ६ जना , २८ गते ३ जना र २९ गते ७ जनामा संक्रमण पुष्टि भएको छ । बनेपा, पनौती र धुलिखेल क्षेत्रमा बढी संक्रमित छन् । बनेपा नगरपालिकामा १०८ जना, पनौतीमा ५५ जना र धुलिखेलमा ४९ जनामा संक्रमण पुष्टि भएको छ ।
भुम्लु गाउँपालिकामा २४ जना, पाँचखाल र मण्डनदेउपुर नगरपालिकामा १९/१९ जना, नमोबुद्ध नगरपालिकामा १२ जना, रोशी गाउँपालिकामा ९ जना, बेथानचोकमा ३ जना, चौरीदेउराली गाउँपालिकामा २ जनाका साथै तेमाल र महाभारत गाउँपालिकामा १/१ जनामा संक्रमण पुष्टि भएको छ ।
हुँदा खानीखोलामा भने हालसम्म संक्रमित नभेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिनी श्रेष्ठ कक्षपतिले जानकारी दिइन् ।
काभ्रेमा आर्थिक बर्ष २०७८/७९ मा ४८७ जना, २०७९/८० मा ६८२ जना, २०८०/८१ मा २५१ जनामा डेंगु संक्रमण पुष्टि भएको थियो ।