२०८२ माघ ९ गते, शुक्रबार ११:२४

‘कोजगरा के पहिचान: दूध, मखान आपान’

महोत्तरी । कोजगरा (कोजाग्रत) पूर्णिमा  भन्नासाथ प्रत्येक मैथिल (मिथिला)का बासिन्दा दूध, मखान र पान सम्झन्छन् । असोज पूर्णिमाको रातमा मनाइने यो पर्वको विशिष्ट परिकार दूध/मखान र पान हुने गरेको छ । मिथिलाको बोलीचालीमा ‘कोजगरा’ भनिने कोजाग्रत पूर्णिमा पर्व आज मनाइँदैछ ।

मिथिला परम्परामा प्रत्येक पर्वका विशिष्ट परिकार हुन्छन् । दशहराको दही चिउरा, दीपावलीको घुरियालो (सेल) छठको ठकुवा (गहुँको पिठोमा सख्खर मुछेर बनाइने मिष्ठान्न परिकार), तिलासक्रायत (माघे सङ्क्रान्ति)मा तिल, मुरी र चिउराका (लड्डु), होलीको मालपुवा, जुडशीतलमा बरीकरी, चौरचनमा पुरी, खिर र घडी पर्वमा दालपुरीको विशेष महत्त्व हुने गर्छ । यसैगरी कोजगरा पर्वको विशिष्टता दूध/मखान र पान हो ।

बर्दिबास–७ प्रेमनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक रामसेवक महतो भन्नुहुन्छ, “हाम्रा परम्पराभित्रका विभिन्न पर्वसँग जोडिएका विशिष्ट परिकार झैँ कोजगरामा दूध/मखान र पान जोडिएको छ ।” सोही गाउँका ७० वर्षीय गङ्गा यादवले कोजाग्रतको पहिचानबारे स्पष्ट पार्दै आफ्नै बोलिचालीको मैथिली भाषामा भन्नुभयो, “‘कोेजगराके पहिचान: दूध, मखान आ पान ।”  

सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिने यस पर्वमा देवीलाई चढाइने मुख्य सामग्री पनि दूध, मखान र पान नै हुन् । देवीलाई चढाउन चोखोनितो सामग्री पर सारेर मैथिल परिवारमा दिउँसैदेखि दूध÷मखान र पान खाने  चलन छ । जाडो सुरु हुनै लागेका बेला पौष्टिक आहारमा सबैलाई सचेत गराउन दूध/मखान खाने परम्परा यस पर्वमा बसाइएको हुनसक्ने पेसाले स्वास्थ्यकर्मी बर्दिबास–१२ का गिरेन्द्रकुमार झा बताउनुहुन्छ । मखान पुष्टिवर्धक फल भएको हुँदा जाडो मौसमभर यसको सेवनले स्वस्थ रहन मद्दत पुग्ने झाको भनाइ छ ।

मिथिलामा मखान र पान दुवै सौन्दर्यको प्रतीक मानिने परम्पराले कोजगराका विशिष्ट परिकार बनेको पाका मैथिलको धारणा छ । पर्वमा देवी महालक्ष्मीलाई प्रसन्न तुल्याउन आज साँझ घरघरै दीप प्रज्वलित गरिएका छन् ।

यहाँका बर्दिबास, औरही, सम्सी, सीतापुर, मटिहानी, जलेश्वर, रामगोपालपुर, बलवा, पिपरा र लोहार पट्टीसहितका बजारमा मखान बेच्ने, किन्नेको भीड छ ।

पान र मखान दुवै सम्पन्नता र सौन्दर्यको प्रतीक मानिने प्रचलनले यसको महत्त्व कोजाग्रतमा बढेको मटिहानीस्थित याज्ञवलक्य लक्ष्मीनारायण विद्यापीठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा बताउनुहुन्छ ।

कोजाग्रत पर्वमा कहिल्यै पान नखाएकाले पनि विधिकै लागि खाने गरेका छन् । कोजगराको रात जाग्राम बस्ने र भेटघाटका लागि आउने अतिथिलाई दूध÷मखान र पान खान दिइन्छ । जाग्राम बस्नेले महालक्ष्मी दीप प्रज्वलित गरी आफूलाई जागै रहेर पर्खी बसेकाहरूको घरमा प्रवेश गर्ने र धनधान्यले पूर्ण गरिदिने धार्मिक विश्वास रहेको पूर्वप्रशासक जलेश्वर–४ सुगाका ८५ वर्षीय कृष्णचन्द्र झा बताउनुहुन्छ । रासस

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88
zeonslot m77
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM