काठमाण्डौ/ सशस्त्र प्रहरी बल नेपालले भारतबाट तस्करी भइ आएको करिब २८ लाख मूल्य बराबरको पटका बरामद गरेको छ ।
सर्लाही सदरमुकाम मलङ्गवानगरपालिका- ४ गणेशियास्थित बेबारिसे घरमा लुकाइछिपाइ राखेको अवस्थामा पटका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेक्वा सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए ।
करिब २७ लाख ७७ हजार ५ सय मूल्य बराबरको विभिन्न प्रकारको पटका बरामद गरिएको खनालले बताए । भारतबाट ल्याइ नेपालको विभिन्न सहरमा पठाउनका लागि लुकाइ राखेको अवस्थामा सो पटका बरामद गरिएको बताइन्छ ।