Monday, January 13, 2025
घरसमाचारकायरोमा जारी गाजा युद्धविराम वार्तामा प्रगति भइरहेको अमेरिकाको दाबी

कायरोमा जारी गाजा युद्धविराम वार्तामा प्रगति भइरहेको अमेरिकाको दाबी




गाजापट्टी, प्यालेस्टिनी क्षेत्र । संयुक्त राज्य अमेरिकाले शुक्रबार इजिप्टको सीमामा इजरायली सेनाको उपस्थिति प्रमुख अवरोधका रुपमा देखापरेपछि गाजा युद्धविराम वार्ताको पछिल्लो चरणमा प्रगति भएको अमेरिकाले बताएको छ ।  

“युद्धविराम वार्ताको पछिल्लो चरणमा प्रगति भएको छ। अब दुवै पक्ष एकजुट भएर सम्झौता कार्यान्वयन गर्न आवश्यक छ“, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताउनुभयो । 

युद्धविरामका लागि जारी कूटनीतिक पहल असफल भएको हल्ला गलत रहेको  र बिहीबारबाट सुरु भएको प्रारम्भिक वार्ता रचनात्मक प्रकृतिको भएको उहाँले बताउनुभयो ।  

एक इजिप्टियन स्रोतले इजिप्ट र कतारी गुप्तचर प्रमुखहरूले पनि वार्तामा भाग लिइरहेको एएफपीलाई जानकारी दिएको छ । 

“आइतबारदेखि सुरु हुने विस्तृत चरणको वार्ताको तयारीका लागि मध्यस्थकर्ताबिच कायरोमा छलफल भइरहेको छ”, स्रोतले भन्यो ।  “वासिङ्टनले मध्यस्थकर्तासँग इजरायल र हमासबीचको अन्तर कम गर्न र योजना कार्यान्वयन गर्ने संयन्त्रका लागि नयाँ प्रस्तावहरूबारे छलफल गरिरहेको छ।” 

ह्वाइट हाउसका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसी र कतारी अमिर शेख तमीम बिन हमद अल–थानीसँग टेलिफोनमा आगामी वार्ताका बारेमा छलफल गर्नुभएको थियो । 

इजिप्टलगायत मध्यस्थकर्ताले गाजामा जारी १० महिनाभन्दा बढीको युद्ध अन्त्य गर्ने सम्झौतामा पुग्न महिनौँदेखि पहल गरिरहेका छन् । रासस /एएफपी

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -