२०८२ कार्तिक २५ गते, मंगलवार १०:११

हतकडी फुकाएर फरार थुनुवा चार दिनपछि पक्राउ




झापा । झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट हतकडी फुकाई फरार भएका थुनुवालाई प्रहरीले चार दिनपछि पक्राउ गर्न सफल भएको छ ।

गत भदौ २ गते बिर्तामोड–१ पश्चिम बसस्टेन्डबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका दमक नगरपालिका–३ भुटानी शरणार्थी सेक्टर जी थ्री का हाल बिर्तामोड–१ मा डेरा गरी बस्ने २५ वर्षीय विशाल राई हतकडी फुकाई फरार भएका थिए ।

उनलाई शनिबार अर्जुनधारा–११ बाट प्रहरीले पक्राउ गर्न सफल भएको हो । उनी पेट दुख्यो भन्दै गत भदौ ४ गते बिर्ता सिटी अस्पताल भर्ना भएका थिए ।

पेट दुख्ने बिरामी भई बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा बेड भर्ना भई उपचार गइरहेका राई हतकडी फुस्काई फरार भएका थिए । हातमा कसिलो भयो थोरै खुकुलो बनाइदिनुहोस् भन्दै उनले प्रहरीलाई आग्रह गरेका थिए । उनको आग्रह अनुसार हतकडी खुकुलो बनाएपछि उनले हात निकाल्न सजिलो भएको जनाइएको छ ।

लागूऔषध मुद्दामा पक्राउ परेका राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । घटनाको जानकारी लगत्तै प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM