Thursday, November 28, 2024
घरसमाचारकांग्रेस बैठकमा परराष्ट्र मन्त्रीको जानकारी : भारत भ्रमण सफल भयो

कांग्रेस बैठकमा परराष्ट्र मन्त्रीको जानकारी : भारत भ्रमण सफल भयो




काठमाडौँ । परराष्ट्र मन्त्री एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य डा‍‍.आरजु राणा देउवाले कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराउनुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा उहाँले आफूले यही भदौ २ देखि ६ गतेसम्म गरेको भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको थियो ।

उहाँले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको पनि बताउनुभयो ।

मन्त्री राणाले नेपालमा ठूला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको अनुभव सो बैठकमा सुनाउनुभएको थियो ।

मन्त्री डा राणाले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरू राखेको बताउँदै यसबाट आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरूका माध्यमबाट सहयोग र सहकार्य थप प्रबद्र्धन गर्न मार्गदर्शन गरेको उल्लेख गर्नुभएको थियो ।

बैठकमा मन्त्री डा राणाले काँग्रेसले राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्वको विषयलाई थप ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -