जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २५ बुँदे मागपत्र पेश गर्नुभएको छ ।
मागपत्रमा निर्माणाधीन पूर्वपश्चिम रेलमार्ग मधेशका प्रमुख सहरसँग सम्पर्क हुनुपर्ने, जनकपुर–जयनगर रेल यातायातमा मालवाहक रेलको व्यवस्था हुनुपर्ने, हुलाकी राजमार्ग अन्तर्गत कमला पुलका साथै हजारौँ बिगाहा बगर आधुनिक खेतीको लागि श्रोत र साधनको व्यवस्था हुनुपर्ने लगायतका विषय समेटिएका छन् ।
मागपत्र बुझाउन नेकपा एमालेका तर्फबाट प्रदेश सरकारमा नेतृत्व गर्नुभएका मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज कुमार यादव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंह सहभागी हुनुभएको थियो ।