३१ असार, काठमाडौं । विक्रम गौतम एक्लैले चार गोल गरेपछि नेपाल पुलिस क्लबले ललित स्मृति स्मृति यू१८ युथ लिग फुटबलमा थ्री स्टारलाई ७(२ को फराकिलो अन्तरले पराजित गरेको छ ।
एन्फा कम्प्लेस सातदोबाटोमा सोमबार भएको खेलमा विक्रमले जारी लिगकै पहिलो ह्याट्रिक सहित चार गोल गरेका हुन् ।
यस्तै पुलिसका कप्तान सुवास बम, साजनराज गौतम र आदित्य ढुंगेलले एक(एक गोल गरे । थ्री स्टारका लागि सनिल स्याङ्ताङ र अरुण टमाटाले एक(एक गोल गरे ।
विक्रमले खेलको पहिलो हाफमै ह्याट्रिक गर्ने क्रममा सातौं, ४०औं र ४२औं मिनेटमा गोल गरे । १२औं मिनेटमा कप्तान सुवासले गोल गरेका थिए ।
यस्तै विक्रमले ५३औं मिनेटमा व्यक्तिगत चौथो तथा टिमका लागि पाँचौ गोल गरे । साजनले ७५औं र आदित्यले ८४औं मिनेटमा गोल गरे ।
थ्री स्टारका लागि सनिलले ४६औं र अरुणले ८१औं मिनेटमा गोल गरे ।
फराकिलो जितपछि पुलिस ३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।
सोमबारै भएको दोस्रो खेलमा जावलाखेल युथ क्लब एपीएफ फुटबल क्लबले १(१ को बराबरी गर्दै अंक बाँडेका छन् । जारी लिगमा यो पहिलो बराबरी हो ।
आयुष फुयालले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा जावलाखेलले बराबरी गोल फर्काए । जावलाखेलका लागि बिवसले ७०औं मिनेटमा बराबरी गोल गरेका थिए ।