Monday, January 13, 2025
घरप्रदेशनपाका कर्मचारीहरूले नै गरे फतुवा विजयपुरको कार्यालयमा तालाबन्दी

नपाका कर्मचारीहरूले नै गरे फतुवा विजयपुरको कार्यालयमा तालाबन्दी

प्रेमचन्द्र झा/

राैतहट। फतुवा विजयपुर नगरपालिकाका कर्मचारीले तलवको माग गर्दै नगरपालिका कार्यालय मुल ढाेकामा ताला बन्दी गरेका छन ।

 नगरपालिकाका कार्यवाहक नगर प्रमुखलाई सम्बोधन गरि ज्ञापन पत्र दिई तालाबन्दी गरेका हुन ।

 नगर प्रमुखलाई दिईएको ज्ञापनपत्र अनुसार करारका कर्मचारीलाई विगत ३ महिना देखि तलव नदिएको, प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई यसबारे जानकारी दिन खाेज्दा फाेनमा समेत सम्पर्क नहुने गरेकाेउल्लेख छ ।

साे ज्ञापन पत्रमा ईन्जिनियर धर्मेन्द्र यादव सहित विभित्र पदका पचास जना कर्मचारीको नाम उल्लेख छ ।

यश सम्बन्धमा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानसंग मोबाईल फोनमा सम्पर्क गर्दा फोन उठेन ।

 पछिल्लो पटक प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी पाएपछि प्रधान मुस्किलले २/३पटक मात्र कार्यालय आएको एक कर्मचारीले बताए ।

  फतुव विजयुर नगर पालिकामा प्रधान प्रमुख प्रशासकीय अधिकृत भएको याे तेस्राे पटक हाे । पछिल्लो पटकमा कार्यालयका अधिकान्स काम चन्द्रनिगाहपुरकाे डेराबाट नै सञ्चालन गर्दै आएका छन ।

प्रमुख प्रशासकीय अधिकृत प्रधानकाे चन्द्रनिगाहपुर स्थित डेरा राैतहटको दुईवटा स्थानीय तहको संयुक्त कार्यालयको रुपमा विकास भएको कटहरिया र फतुवा विजयपुर नगरपालिकाका कर्मचारीहरु बताउछन ।

  संयोग हो कि मिलोमतो दुवै नगरपालिकाका लेखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान नै रहेका छन ।

दुबै नगरपालिकाको केन्द्र भन्दा लेखा प्रमुख यादव र प्रमुख प्रशासकीय अधिकृत प्रधानले मनपराएको ठाउबाट आर्थिक लगायतका गतिविधि सञ्चालनमा रहेपनि यस्ता मनपरि गर्ने उपर कार्वाही गर्ने आंट कसैले गरेको छैन ।

लेखा प्रमुख उमेश यादव चन्द्रनिगाहपुर स्थित दुर्गा माविको आगाडी को घरबाट कटहरिया र फतुव विजयपुर नगरपालिकाको चेक तयार गर्ने गरेको र प्रमुख प्रशासकीय अघिकृत मुनलाईट बोर्डिङ स्कुल भन्दा उतरको डेरामा बसि चेक साईन गर्ने गरेको कटहरिया नगरपालिकाका एक कर्मचारीले बताए ।

एउटै कार्यालयमा पटक पटक जाने अवसर प्रदान गरेका कारणले पनि सुरेन्द्र प्रधान अनियमितता गर्ने तर्फ अग्रसर भएको देखिन्छ भने सोही अनुसारको लेखा कर्मचारी खटाएका कारण काेष तथा लेखा नियन्त्रण कार्यालय गाैर पनि संलग्नता प्रष्ट छ । अन्य लेखाका बदनाम कर्मचारीलाई आवश्यकता भन्दा बढि कार्यालय भिडाई धमिलो पानीमा माछा मार्न खोजेको आरोप लागदै आएको लेखा समुहका कर्मचारीको गुनासो रहेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -