– प्रशान्त महासागर
जीवनका कुरा….
प्रशान्त महासागर
तिम्रो जन्म
तिम्रो पास्नी
तिम्रो ब्रतबन्ध वा गुन्युचोली मैले फेसुबूकबाट थाहा पाएँ ।
तिम्रो शिक्षा
तिम्रो दीक्षा
तिम्रो काम अनि कर्तव्य
तिम्रो दायित्व अनि जिम्मेवारी
मैले फेसबूकबाट थाहा पाएँ ।
तिम्रो इच्छा अनि रहर
तिम्रो विचार अनि व्यवहार
मैले फेसबूकबाट थाहा पाएँ ।
तिम्रो धर्म अनि वर्गको जात
तिम्रो भाषा अनि पहिचानको कुरा
तिम्रो संस्कार अनि सम्पदाको व्याख्या
मैले फेसबूकबाट थाहा पाएँ ।
तिम्रो भोक अनि शोक
तिम्रो स्वादसँगैको रोग
तिम्रो क्रोध
तिम्रो सोध
तिम्रो प्रेम
तिम्रो विवाह
मैले फेसबूकबाट थाहा पाएँ ।
तिम्रो जीवनको गति र मति
तिम्रो जीवनको युद्ध र सम्झौता
मैले फेसबूकबाट थाहा पाएँ ।
तिम्रो हर्ष अनि बिष्मात पनि
मैले फेसबूकबाट थाहा पाएँ
अन्तत तिम्रो मृत्यु पनि
मैले फेसबूकबाट थाहा पाएँ
त्यस्तै….मेरो पनि
अनि उसको पनि