बारा/ प्रहरीले बारा जिल्लाको विभिन्न स्थानमा संचालनमा रहेको अवैध घरेलु मदिरा भट्टी नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको प्रहरी टोलीले सोमबार कोल्हवी नगरपालिका वडा नं. ९ बिर्ता एवं प्रसौनी गापा वडा नं. १ नकटुवामा रहेको मदिरा भट्टी नस्ट गर्नुको साथै मदिरा राख्ने ड्रम २५ वटा, मदिरा तयार पार्ने मेशिन ४ वटा, मदिरा राख्ने तबला ६ वटा समेत नष्ट गरे भने १५ हजार एक सय ५० लिटर मदिरा उत्पादन गर्ने कच्चा पदार्थ एवं ४ हजार ५० लिटर तयारी घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दाधिराम न्यौपानेले बताउनु भयो।