काठमाण्डौ/प्रहरीले बिवाह मण्डपबाट बेहुलालाई पक्राउ गरेको छ।
सुनसरीको दुहबी नगरपालिका वडा नं. ५ स्थायी घर भई हाल काठमाण्डौ-१३ ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई बिवाह सम्बन्धी कसुर मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मंगलबार अं. २ बजेको समयमा काठमाडौं महानगरपालिका वडा नं. १ नक्साल स्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा बिवाह हुँदै गर्दा बेहुला पक्षले आफूहरुले मागेजती दाईजो नपाएको भनि विवाह रद्द गर्ने निर्णय गरेको विषयलाई लिई दुई पक्ष विच बिवाद भएको भन्ने सुचना प्राप्त भई प्रहरी अधिकृत सहितको प्रहरी टोली उक्त बिवाह मण्डपमा खटीगई बुझ्दा, एक युबतीसंग काठमाडौं नक्साल स्थित लिसरा रिसेप्सन पाटीप्यालेसमा बिवाह हुने क्रममा बेहुला पक्षले बिवाहमा आफुहरुले मागेजति बमोजिम दाईजो प्राप्त नभएको र जन्तीलाई राम्रो स्वागत समेत नभएको भनि विवाद गरी ५० लाख रुपैयाँ दाईजो नपाए बिवाह रद्द गर्ने अडान लिई मण्डपमा रहेकी बेहुलीलाई समेत गाली बेईजती तथा हातपात भएको हुँदा बेहुलालाई प्रहरी वृत्त मालीगाउँले नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक अनिष कर्णले बताउनु भयो ।
अमेरिकी ग्रीन कार्ड होल्डर बेहुला अनुराग पक्षले उक्त बिवाहमा बिवाह खर्च वापत पटक पटक गरी र२२ लाख रुपैयाँ लगेको केटी पक्षलाई उद्धत गर्दै प्रनाउ कर्णले बताउनु भयो।
उक्त घटनाको सम्बन्धमा प्रकरण (क) मा उल्लेखित पक्राउमा परेको व्यक्ती अनुराग रौनियार उपर बिवाह सम्बन्धी कसूर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट दिन – ५ को म्यादथप अनुमति लिई थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।