Wednesday, November 27, 2024
घरसमाचारएआईजी ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी

एआईजी ज्ञवालीविरुद्ध अख्तियारमा उजुरी

काठमाण्डौ/नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

उमेर ढाँटेर प्रहरी महानिरीक्षकमा सेवा प्रवेश गरेको भन्दै ज्ञवालीलाई बर्खास्तगीको मागसहित बिहीबार कैलालीका शेरबहादुर चन्दले अख्तियारमा उजुरी दर्ता गराएका हुन् ।

ज्ञवालीविरुद्ध अर्जुन ढुंगानाले यसअघि सोही विषयमा दिएको उजुरी अख्तियारले तामेलीमा राखेको छ । ज्ञवाली काठमाण्डौ प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् ।

उजुरीमा ज्ञवालीको उमेर २०५० साल वैशाख १ गते प्रहरी निरीक्षकमा सेवा प्रवेश गर्दा २५ वर्ष ९ दिन भएको उल्लेख छ । अख्तियारले ०७९ साल चैत ६ गते ज्ञवालीको उमेर विावदबारे छानबिन गरी प्रतिवेदन बुझाउन गृहसचिवका नाममा पत्र काटेको थियो ।

निवेदकले उजुरीमा सो विषयसमेत उल्लेख गरेका छन् । पत्रकार मदनबाबु भण्डारी ज्ञवालीले उमेर ढाँटे जागिर खाएको भन्दै केही समयअघि सर्वोच्च अदालत गएका थिए ।

अदालत प्रशासनले रिट दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेपछि उनी इजलास गए । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मंगलबार रिट निवेदन दरपिठ हुनुको कारण खुलाई कैफियत प्रतिवेदन बुझाउन अदालत प्रशासनलाई आदेश दिएका थिए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -