Wednesday, November 27, 2024
घरक्राइम चेकनक्कली शरणार्थी प्रकरणमा रास्वपा किन मौनता ?

नक्कली शरणार्थी प्रकरणमा रास्वपा किन मौनता ?

काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा धेरै उच्च तहका नेता र कर्मचारीहरु पक्राउ परिसकेका छन्। यसको थप अनुसन्धान भइरहेको छ र यस सम्बन्धी प्रतिवेदन आज सरकारलाई बुझाउने तयारी छ।

यो प्रकरणमा अहिलेसम्म पक्राउ परेका भन्दा अझै माथिल्लो तहका नेताहरु समेत मुछिन सक्ने आम नागरिकलाई आशंका छ। तर, यस विषयमा पछिल्लो समय जनताले धेरै आशा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी र यसका सभापति रबि लामिछाने भने त्यति धेरै बोलेका छैनन्।

यो प्रकरणमा आज बुझइन लागेको प्रतिवेदनमा अहिलेसम्म पक्राउ परेकाहरु नै गिरोहको मुख्य सदस्यहरु रहेको निष्कर्ष निकालिने र पक्राउ पर्न बाँकी भएका अरुलाई जोगाइन सक्ने आशंका आम सर्वसाधारणमा छ।

यस्तोमा रास्वपा र खासगरी पार्टीका सभापति रबि लामिछानेले दबाबमूलक कार्यक्रमहरु गर्ने र पर्दापछाडि रहेकाहरुलाई समेत कानुनी कारवाहीको दायरामा ल्याउने अपेक्षा गरिएको थियो।

यस प्रकरणमा रास्वपाका सभापति लामिछानेले पछिल्लो पटक पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका बेला सरकारलाई धन्यवाद दिँदै ट्वीट गरेका थिए। त्यसयता उनले यस विषयमा कडा रुपमा केही बोलेका छैनन्।

प्रतिनिधि सभाबो बैठकमा पार्टीका अन्य सांसदहरुले थोरै समय लिएर भ्रष्टाचारको बारेमा बोल्ने गरेको भए पनि पार्टीका सभापतिले यस विषयमा बोलेका छैनन्। प्रखर वक्ता मानिने सभापति लामिछानेले संसदमा केही नबोल्नु पनि जनतालाई अनौठो लागेको छ।

यस विषयमा पार्टीका प्रवक्ता मुकुल ढकाल भने पार्टी मौन नरहेको दावी गर्छन्। ‘हामी चुप लागेर बसेका छैनौं’ उनले डिसी नेपालसँग भने ‘हामीले आवश्यक ठाउँमा निरन्तर दबाब दिइरहेका छौं।’

ढकालका अनुसार सरकारले यस विषयमा अनुसन्धान अगाडि बढाइरहेको अवस्थामा सरकारको कामलाई समर्थन गर्नुको विकल्प नभएकोले धेरै नबोलिएको हो। ‘सरकारले अनुसन्धान फितलो बनाएको कुनै शंका गर्ने ठाउँ देखिए हामी तत्कालै दबाब दिन्छौं’ ढकालले भने।

ढकालका अनुसार यस प्रकरणमा दोषीलाई कडा कारवाही गराउनको लागि पार्टीले प्रतिनिधि सभामा संकल्प प्रस्ताव नै दर्ता गराएको छ। ‘भ्रष्टाचारविरुद्ध राष्ट्रिय संकल्प आवश्यक छ भनेर हामीले संकल्प प्रस्ताव नै दर्ता गराएका छौं’ उनले भने ‘प्रेस विज्ञप्ति, प्रतिनिधि सभामा सम्बोधन र अन्य कार्यक्रमहरुमा पनि हामीले यस विषयमा निरन्तर खबरदारी गरिरहेका छौं।

याे प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, वहालवाला सचिव पक्राउ परिसकेका छन्। अनुसन्धानका क्रममा प्राप्त प्रमाणहरूले त्याे भन्दा माथिसम्मकाे नेक्सस देखाए पनि याे प्रकरणलाइ यतिमै सीमित पार्ने प्रयास हुन थालेकाे छ। तर याे विषयमा सरकारलाइ दबाव दिने नेतृत्व नभएकाे भन्दै जनमानसमा आक्राेश पैदा भएकाे छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहमा ‘हाइप्रोफाइल व्यक्ति’ संलग्न देखिएपछि प्रहरी महानिरीक्षक बसन्त कुँवर र महान्याधिवक्ता दिनमणी पोखरलको दौडधुप चलेको छ।

पक्राउ परेको नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीले पीडित र विचौलियाको बयान, गृहमन्त्रालयको बालकृष्ण पन्थी कार्यदलको प्रतिवेदनलाई किर्ते गरेको, एसएमएस र केही बाउन्स चेकलाई प्रमाणको रुपमा पेश गर्दै अनुसन्धान प्रतिवेदन तयार गरेको अवस्थामा त्यसलाई सकेसम्म कमजोर बनाउने गरी उच्चस्तरीय बैठक बसेको स्रोतको दाबी छ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार शुरुमा पीडितले दिएको बयान र गिरोहका सदस्यहरुले दिएको बयानका आधारमा फेला परेका बाउन्स चेक, मोबाइल सफ्टवेयर रिकभर गर्दा भेटिएका एसएमएस र गृहमन्त्रालयले गठन गरेर तयार पारेको प्रतिवेदनको किर्ते नै मुख्य आधार र प्रमाणको रुपमा प्रतिवेदन तयार पारी सरकारी वकिल कार्यालयमा बुझाउन लागेको थियो।

तर सो अनुसन्धान प्रतिवेदन सरकारी कार्यालयमा नपुग्दै आइजीपीसहितको टिमले अनुसन्धान अधिकृतहरुसँग छलफल गरेको स्रोतको दाबी छ।

यो प्रकरणमा शीर्ष नेताहरुका नजिकका मानिस नै संलग्न देखिएपछि उनीहरुलाई जोगाउने प्रचञ्च सुरु हुँदासमेत जनताले सबैभन्दा बढी अपेक्षा गरेको राजनीतिक दल रास्वपाले यो प्रकरणमा प्रभावकारी भूमिका नखेलेको भन्दै आलोचना सुरु भएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -