काठमाण्डौ/ प्रहरी आचरणविपरीत काम गरेपछि सशस्त्र प्रहरीका सहायक हवल्दारलाई निलम्बित गरिएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा दरबन्दी आई.डि.नं. ४५०६४ का सशस्त्र प्रहरी सहायक हवल्दार जितेन्द्र सहनी रवाना गरेको कार्यालयमा हाजिर हुन नगई सशस्त्र प्रहरी कर्मचारीको आचरण विपरीत जिल्ला पर्सा वीरगंज महानगरपालिकाको बसपार्क ईलाकामा गई स्थानीय व्यपारीसँग झैझगडा गरी सशस्त्र प्रहरी बल, नेपालको प्रतिष्ठामा आँच आउने कार्य गरेको हुँदा निज सशस्त्र प्रहरी सहायक हवल्दारलाई सशस्त्र प्रहरी नियमावली २०७२ बमोजिम आवश्यक छानबिनको लागि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट निलम्बन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।