Tuesday, November 26, 2024
घरसमाचारविश्व हिन्दु महासंघको नाममा अनधिकृत गतिविध नगर्न अर्याल र पन्तहरूलाई अदालतको आदेश

विश्व हिन्दु महासंघको नाममा अनधिकृत गतिविध नगर्न अर्याल र पन्तहरूलाई अदालतको आदेश

काठमाण्डौ/विश्व हिन्दु महासंघको नामबाट पूर्वसचिव चक्रबन्धु अर्याल र शास्त्रदत्त पन्तलगायतका गतिविधिलाई अनधिकृत र गैरकानुनी भन्दै अदालतले रोक लगाएको छ ।

उच्च अदालत पाटनले बुधबार अर्याल र पन्तलगायतलाई महासंघको नाममा कुनै भेला र गतिविधि नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो । आदेशको लिखितप्रति आज बिहीबार आएको हो ।

अर्यालले महासंघको निमित्त अध्यक्ष र पन्तले निर्वाचन संयोजक भन्दै बैशाख २१ मा निर्वाचन अधिवेशन बोलाएपछि कार्यवाहक अध्यक्ष भण्डारीले उच्च अदालतमा रिट दायर गरेकी थिइन् ।

उच्च अदालतले तत्कालका लागि निर्वाचन अधिवेशन रोक्न भन्दै बैशाख १९ मै अन्तरकालीन अन्तरिम आदेश दिँदै २७ गते बुधबार छलफलका बोलाएको थियो ।

विश्व हिन्दु महासंघको १०औं महासभाले २०७८ मंसिरमा अस्मिता भण्डारी (टीकादेवी) कार्यवाहक अध्यक्षको दिएकोलाई २०७९ सालमै वैधानिकता दिइसकेको सन्दर्भ उठाउँदै अर्याल र पन्तलगायतलाई अनधिकृत र गैरकानुनी काम नगर्न दिएको आदेशलाई निरन्तरता दिएको हो ।

अदालतको आदेशको पूर्णपाठः

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -