काठमाण्डौ/ नेपाल कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेकोमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले चिन्ता व्यक्त गरेका छन्।
लायन्स क्लब इंटरनेशनलको डिस्ट्रिक्ट 325S को 1st एनुअल कन्वेंशनको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै मन्त्री रिजालले त्यस्तो चिन्ता व्यक्त गरेका हुन्।
काठमाण्डौ धुम्बराहीस्थित होटेल स्मार्ट दरबारको सभाहलमा आयोजित कार्यक्रममा बोल्नु हुँदै मन्त्री रिजालले देशको आर्थिक, सामाजिक, शैक्षिक लगायत हरेक क्षेत्रको विकासमा लायंस क्लब इंटरनेशनलले महत्वपूर्ण भूमिका रहेको भन्दै प्रशंसा गर्नु भयो। मन्त्री रिजालले देश वर्तमान अवस्थामा आर्थिक मन्दीको अवस्थाबाट गुज्रिरहेको भए पनि अहिले नै निराश भईहाल्नु पर्ने अवस्था नरहेको समेत बताउनु भयो। मन्त्री रिजालले देशको उन्नति प्रगतिमा उद्योगी, व्यवसायीलगायतको हकीकतका साथै आर्थिक अवस्था सुधारको लागि नेपाल सरकार हरसंभव प्रयास गर्ने विश्वास समेत दिलाउनु भएको थियो।
सो कार्यक्रममा बारा, पर्सा, मकवानपुर, काठमाण्ड़ौ र ललितपुरका विभिन्न लायन्स क्लबका पदाधिकारी, सदस्यहरूको सहभागिता रहेको थियो। कन्भेन्सनले लायन वर्ष 2023-024को लागि नेतृत्व चयन गर्ने आयोजकले जनाएको छ।