Tuesday, November 26, 2024
घरसमाचारअर्थवाणीहुण्डीको अवैध रकमसहित दुई पक्राउ

हुण्डीको अवैध रकमसहित दुई पक्राउ

वीरगंज। प्रहरीले वीरगञ्जबाट हुण्डी कारोबार गरेको आरोपमा साढे २२ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले हुण्डी कारोबारको आरोपमा वीरगञ्ज महानगरपालिका– १६ नगवा बस्ने ३४ बर्षीय विकास साह र वडा नम्बर १८ बस्ने १९ बर्षीय सुवासकुमार साहलाई पक्राउ गरेको हो।

प्रहरीले वीरगञ्ज–८ घण्टाघरस्थित सडक खण्डमा दुबै जना सवार रहेको बीआर ०५ एई ९३४३ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गरेको थियो। चेकजाँच गर्ने क्रममा सुवासले बोकेको झोलाबाट पाँचसय तथा सय दरका २२ लाख ५० हजार नगद बरामद गरेको थियो।

साथै, उनीहरुको साथबाट दुई थान मोबाइलसमेत प्रहरीले बरामद गरेको थियो ।बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि दुबै जनालाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसुरमा अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता एवम् प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -