काठमाडौं । २७५ जना प्रतिनिधि सभाका सदस्य निर्वाचित भएकोमा ४ जना सदस्य सपथ ग्रहणमा अनुपस्थित भएको छन् । संघीय संसद सचिवालयका अनुसार नेकपा (एकीकृत समाजवादी)का प्रेमबहादुर आले, नेकपा (माओवादी केन्द्र)का महिन्द्रराय यादव र राकुमार राई र नेपाली काँग्रेसका माया राई अनुपस्थित भएका छन् ।
२७५ जना सदस्यमध्ये ४ जना मात्रै सपथ ग्रहणमा अनुपस्थित भएको सचिवालयका सहायक प्रवक्तासमेत रहेका उपसचिव दशरथ धमालाले नेपाल प्रेसलाई जानकारी दिए । प्रेमबहादुर आलेको आमाको निधन भएका कारण अनुपस्थित भएका हुन् भने माया राई सुत्केरी भएका कारण अनुपस्थित भएकी हुन् ।
यस्तै, महिन्दराय यादव नागरिकताका अनुसार जेष्ठ सदस्य भएको तर, जेष्ठ सदस्यका रुपमा सपथ ग्रहण नचाहेका कारण अनुपस्थित भएको बुझिएको छ ।
रामकुमार राई भने जिल्लामा नै रहेको र आज बिहानै हवाई उडानमार्फत काठमाडौं आउने तयारीमा भए पनि मौसम खराबीका कारण समयमा उडान हुन नसकेपछि अनुपस्थित भएको बुझिएको छ ।
प्रतिनिधिसभाका नवनिर्वाचित सांसद महेन्द्र राय यादवले शुक्रबार बिहान पद तथा गोपनियताको शपथ लिने भएका छन्।
नागरिकता अनुसार सबैभन्दा जेष्ठ भए पनि वास्तविक उमेर कम भएपछि यादव बिहीबार शपथमा उपस्थित भएनन्। जेष्ठ सदस्यका रुपमा पशुपति शमशेर राणाले शपथ गराएका छन्।
यादवलाई ज्येष्ठ सदस्य जबराले शुक्रबार बिहान सिंहदरबारस्थित संसद् सचिवालयमा शपथ गराउने भएका हुन्।