रौतहट/रौतहटका सञ्चारकर्मीहरुले प्रहरी प्रमुख एसपी वीरबहादुर बुढा मगरले मतगणनास्थलमा पुगेर समाचार संकलन कार्यमा रोक लगाएको गुनासो गरेका छन ।
रौतहट क्षेत्र नम्बर ४ को चन्द्रनिगाहपुरस्थित मतगणनास्थलमा अनुगमनका लागि गएका एसपी मगरले पत्रकारलाई प्रवेश नगराउन आदेश दिएपछि सुरक्षाकर्मीले संचारकर्मीलाई रोक लगाएका छन् ।
मतगणनास्थलमा सुरक्षाकर्मिले जान दिइएको भन्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शिव पुरीले बताए ।
जनज्योति बहुमुखी क्याम्पसको माथिल्लो तलामा मतगणना भइरहेको छ । मतगणनाको ताजा अवस्था लिन एक दर्जन पत्रकारलाई त्यहाँसम्म जान नदिएपछि पत्रकारहरुले सुचना पाउने नागरीको अधिकारलाई नरोक्न आग्रह गरेका छन ।