वीरगंज/बाम लोकतान्त्रिक गठबन्धको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं.४ (२)बाट प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिनु भएकी माओवादी केन्द्रकी नेतृ शेख चाँद ताराले आफूले गठबन्धनलाई कुनै धोखा नदिएको बताउनु भएको छ ।
“माओवादी केन्द्रकी उम्मेदवार शेख चाँद ताराद्वारा गठबन्धनलाई धोखा”भन्ने शीर्षकमा चन्द्रसूर्यमा समाचार प्रकाशन भएपछि चन्द्रसूर्य वाणीसँग कुरा गर्नुहुँदै शेख चाँदताराले गठबन्धन र स्थानीय मतदाताहरुको अपार माया र सहयोगले मेरो निर्वाचित हुने सम्भावना बढ्दै गएको देख्न नसकेर प्रतिस्पर्धीहरुले अरुलाई सपोर्ट गरेको भ्रम फैलाएको बताउनु भयो ।
प्रदेशसभा सदस्य उम्मेदवार चाँदताराले पार्टीभित्रका केही बदनाम कार्यकर्ताहरु एवं अन्य विपक्षीसँग मिलेकाहरुले नै भ्रम फैलाएर असहयोग गरेको भएपनि आफू निरन्तर जिल्लाका नेताहरुको सम्पर्कमै रहेर घरदैलो अभियानमा रहेको बताउनु भयो । उम्मेदवारी दर्तादेखि हालसम्म निरन्तर आफ्नो निर्वाचन क्षेत्रका जनताहरुको माझमा रहेर पार्टी र गठबन्धनकोलागि खटिरहेको देख्न नसक्नेहरुले फैलाएको भ्रममा नपर्न समेत चाँदताराले आम मतदाताहरुमा आग्रह गर्नुभयो ।
उनले उम्मेदवारी दर्ता गरेको दिनबाहेक आजसम्म सिंहासनजीलाई कहिल्यै नदेखेको नभेटेको दाबी गर्दै नैतिकता र पार्टीको सिद्धान्तको सौदाबाजी नगर्ने समेत बचनबद्धता जाहेर गर्नुभयो ।