Tuesday, November 26, 2024
घरक्राइम चेकजनता जागेमा बदमासहरू भागाभाग हुनेछन्: अजय द्विवेदी

जनता जागेमा बदमासहरू भागाभाग हुनेछन्: अजय द्विवेदी

वीरगंज/ पर्सा क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले मौन अवधिमा घरदैलो पछि घरथैलो अभियानमा जुटेका उम्मेदवारहरू प्रति निगरानी बढाउन आम मतदातालगायत सबै सरोकारवालाहरू सँग अपील गरेका छन्।

वीरगंजस्थित क्लासिक ब्यांकेटमा संचारकर्मीहरूसँगको कुरा गर्नु हुँदै द्विवेदीले निर्वाचन नजिकिएसँगै सुरक्षा चुनौती बढेकोले स्थानीय प्रशासन र निर्वाचन आयोगलाई सम्बेदनशील बन्न अपील गर्नु भएको हो।

वीरंगको क्लासिक ब्यांकेटमा पत्रकार सम्मेलनको आयोजना गरि द्विवेदीले यस्तो आग्रह गरेका हुन । मौन अवधि शुरु हुँदै गर्दा रातको समयमा भारतीय नम्बर प्लेटका गाडीहरु गुडिरहेको, घर घरमा रकम वितरण गर्न थालिएकोले स्थानीय प्रशासन र निर्वाचन आयोगलाई संवेदनशील हुन आग्रह गरेका हुन । उनले स्थानीय प्रशासनलाई भनेका छन “मेरो गाडी मेरो घर म संग रहेका कार्यकर्ताहरुको खान तलासी गरौँ, शुरुवात मबाट गर्नुहोस तर नागरिकलाई निष्पक्ष र भयरहति रुपमा आफनो अभिमत प्रकट गर्ने वतावरण बनाईदिनुहोस ” ।

हरेक नागरिक बिना बर्दीका प्रहरी र पत्रकार पनि भएकोले निर्वाचनलाई धुमील पार्न पैसा बोकेर आउने, धाक धम्की र प्रलोभन दिने व्यक्तिको फोटो भिडियो खिचेर भण्डाफोर गर्न उनले सबैमा अपील गरे। जनताहरू जागेमा बदमासहरू भागाभाग हुने द्विवेदीले बताए।

हरेक मतदाताले आफूलाई अजय द्विवेदी र परिवर्तनको संवाहक सम्झेर भोट दिन समेत द्विवेदीको आग्रह थियो।

पत्रकारको सवालको जवाफ दिदै उम्मेदवार द्विवेदीले पर्साको क्षेत्र नं १ का जनता राजनीतिक रुपमै बदलावको पक्षमा रहेका छन । पार्टी र उम्मेदवार भन्दा नागरिक अगाडि छन नागरिकले यसपाली आफनो अभिमत निष्ठा र राजनीतिको जिततकालागि ब्यक्त गर्ने आफूमा बिश्वास रहेको बताए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -