– प्रशान्त महासगर
मंसिर ४ को चुनाव योजना र त्यसको कार्यन्वयन हो । संघ सरकारले योजना बनाउँछ । प्रदेश सरकारले कार्यन्वयन गर्ने बाटोको पहिचान गर्छ । तसर्थ विकास चुनौती संघ प्रदेशको सरकारले गर्दैनन् । सिमित केही बजेट हुन्छन् त्यो पनि स्थानीय सरकार मातहत विनियोजन गर्नुपर्छ । हुन्छ पनि । अत: उसले गरेन् म गर्छु भन्ने झुठा आश्वासन यो चुनावले चिर्नुपर्छ ।
काँग्रेसले गरेन् अब एमालेले गर्छ वा माओवादीले गर्नेछ कुराले राजनीति फोहर बनाउने मन नीति मात्र हुनेछ । राजनीतिले हामी जनतासँग लिएको फाइदा र दुश्मनी गरेको कमजोर पक्ष पनि त्यही हो । अत: कुन चुनाव के हो यो बुझ्नु नितान्त आवश्यक छ । हाम्रो देश नेपाल तीन तहको सरकार छ । पहिलो स्थानीय सरकार जुन जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकार जहाँ विकास अहम तत्व हो जस्लाई भौतिक रुपमा बुझ्न सकिन्छ । तर त्यही विकासलाई आर्थिकसम्म लान समृद्धिको चर्चा हुन्छ जुन उत्पादन मान्न सकिन्छ त्यो स्थानीय सरकारबाट हुन्न ।
केन्द्रिय सरकारमा निर्भर हुन्छ जस्लाई योजनाको रुपमा अनुशरण गर्न सकिन्छ । त्यो हाम्रो केन्द्र सरकार हो । त्यहाँ विकास दिगो हुन्छ नियम कानून अनुरुप हुन्छ । टिप्पणी उठाएर कुनै काम गरिदैन् । अर्को प्रदेश सरकार त्यो केवल राष्ट्रियस्तरको स्थानीय सरकार र केन्द्र सरकारको साझेदार झै हुन्छ । केन्द्रको सुचना स्थानीय तहमा लागू गराउने अहम भूमिकामा हुन्छ । अत: व्यक्तीले के गर्यो प्रश्न आफैमा गलत छ । वैदेशिक नीतिसँग सरोकार राख्ने सरकारका प्रतिनिधिहरु विकासको हेरचाह गर्नुपर्छ हाम्रो माग हुन्छ भने हामीले तीन तहको सरकार किन बनाउन आवश्यक भो ?
राजनीति यतातिरको सोच भएन् वा बुझिएन् भने हाम्रो राजनीति गाँस वास र कपासकै चक्र बनी घुमिरहने छ जस्को अन्त कहिले हुनेछैन् । अनि जुनै जोगि आएपनि कानै चिर्ने कुरा यस्तै मात्र हुनेछ । अत: चुनावसँगै सरकार काम, कर्तव्य बुझ्नु नितान्त आवश्यक छ । राजनीति त्यही बुझाईको जोड हो जस्ले एकतामा सबैलाई सूत्रबद्ध तरिकाले बाँध्नेछ । र दलिय प्रणालीमा स्वतन्त्र व्यक्तिले देश समृद्धिमा निकासको योजना दिन सक्दैन् । अत: यो भन्दा पहिले द्वेष चुनाव हुनु भएन् । यहाँ कमैलाई थाहा होला कति प्रकारको चुनाव भईसक्यो भनी ।
हुन त आम जनमानसको सोच नेताले देश बिगारे आज २०७९ मंसिर ४ हुने निर्वाचनसम्म तर चुनावसँग व्यवस्था परिवर्तनमा भएका त्रुटिलाई कसैले वास्ता गरेको छैन् । २०४८ साल पछि प्रजातन्त्रको चुनाव व्यक्ती उहीँ व्यवस्था प्रजातन्त्रको तर हासिल केहि नहुँदा दुईचार चुनावले नेताको औकात नापे व्यवस्था खराबसँगै संविधान गलत जस्ता कुराहरू माओवादी जन्माए । त्यसको विसर्जन पश्चात् संविधान लेखनसँगै व्यवस्था रुपान्तरणका कुराहरू भए । तर जनताले डर त्राससँगै चुनाव के हो के का लागि सोच्न नपाई संविधानसभाको चुनाव भो । आशाहरु जुन बाँधेका थिए त्यसका रुपहरु खोज्न थालिईयो । तर ती पूरा हुन सकेनन् कारण संविधान लेखन मात्र चुनाव भएको थियो तर घोषणा-पत्र र प्रतिबद्धता-पत्र आकाशको जून टिपि ल्याउने देखाईयो । अन्तत व्यवस्था नीतिको सोच राखनेहरु आफैमा कुनै एम्बुसमा परे झै भए । २०७० ले अर्को संविधान लेखनकै चुनाव भो । आम जनमानसको लागि त्यो चुनाव पनि विकास र समृद्धि सोच्न सिकाईयो । कारण निमुखाको राजनीति गर्नेहरूले त्यसको व्याख्या र विश्लेषण त्यसरी नै बुझाए । थाहा हुनेहरूले २०७० को चुनाव पनि संविधान लेखनकै हो बुझाएनन् ।
मात्र सपना बाँडे । अन्तत सपना किन्न आफैलाई बेच्नुल्पर्छ बिर्सिएर रंगीन सहरहरूमा सुविधा खोजका यात्राहरु सुरु भए । नेता र व्यवस्था खराब नै हुन् भ्रमहरु छर्न थाले । आफू राम्रो हुँ भन्न अरुलाई खराब हुन् त्यतातिर राजनीतिले जरो गाडे । तरपनि संविधान जारी गणतन्त्र नेपालको पहिलो स्थानीय चुनावलाई विगतका चुनाव हुन् पुन: भ्रम छर्ने राजनीतिमा पार्टीहरु सक्रिय हुँदा आम जन मानसले सत्य माने । लोकतान्त्रिक पद्धति भित्रको गणतान्त्रिक चुनाव नेपालमा स्थानीय सरकारको दुई पल्ट र प्रदेश सरकारको एक पल्ट केन्द्र संघ सरकार एक पल्टलाई २००७ साल देखिको व्यक्तिहरुसँग जोडेर गणतन्त्र खराब भन्नेहरु सक्रिय भएको चाल पाउन छोडेका छौं । अत: चुनाव के को हो र त्यसपछि बनेका सरकारभित्र के के काम पर्छ हामीले बुझ्नु नितान्त आवश्यक छ ।
राजनीतिमा हामी सचेत हुनु आवश्यक छ । साथै चुनाव बुझ्नु पनि नितान्त आवश्यक छ । हिजो को के थिए चर्चा भन्दा नि आज के गर्ने हो अबको चुनाव त्यसकै लागि हो । र दलिय प्रणालीमा देशको उत्थान दलबाट मात्र सम्भव छ । र हामी आम जनमानस अहिलेसम्म स्थानीय सरकार चयनको लागि दुई पटक मतदान गर्न सफल भएका छौं भने प्रदेश र संघको लागि एक पटक भन्दा दुई पटक भोट खसालेका छैनौं । मंसिर ४ पछि हामी गणतन्त्रको लागि दुई पटक योगदान दिएको मान्ने हुनेछ । अत: हामीलाई लुट्ने आउने छन् फरक कुरा लिएर तर चुनाव जम्मा दुई पटक भयो भने अब अर्को हुँदैछ । कलह द्वेष कुरा गरेर राजनीतिलाई बदनाम नगरौं । हाम्रो धरातल हाम्रो कमजोरीले फोहर भएको हो यो हामीले मान्नुपर्छ ।