Thursday, March 20, 2025
घरनिर्वाचनआचारसंहिताको उल्लंघन गरि मुख्यमंत्रीको लागि भोट माग्दै वडाध्यक्ष

आचारसंहिताको उल्लंघन गरि मुख्यमंत्रीको लागि भोट माग्दै वडाध्यक्ष

वीरगंज/प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन नजिकिंदै जाँदा स्थानीय जनप्रतिनिधिहरु नै अचार संहिताको उल्लंघन गरेको पाइएको छ।

वीरगंज महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष अजय चौरसियाले निर्वाचनको समयमा उम्मेदवारहरुसँगै घरदैलोमा सहभागी भई मतदान माग्ने गरेको पाइएको हो ।

मधेस प्रदेशका मुख्यमन्त्री तथा पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को (ख)बाट उम्मेदवारी दिनु भएका मुख्यमंत्री मोहम्मद लालबाबु राउत गद्दीको घरदैलो कार्यक्रममा बुधवार बिहान वडा नम्बर ११ श्रीपुरमा वडा अध्यक्ष चौरसिया सहभागि भई मत माग्दै गरेको अवस्थामा देखा परेका थिए ।

मुख्यमन्त्री गदीको प्रिय पात्रको रुपमा मानिने वडाध्यक्ष अजय चौरसिया विभिन्न समयमा ठेक्का पट्टाको नाममा लाखौ रकम आर्जन गर्न सफल भएका छन् । जसका कारण निर्वाचनको समयमा पनि आफ्नो पदको मर्यादा नै नराखी गद्दीको पक्षमा मत माग्दै हिडेको स्थानीय बताउँछन् ।

जनताको मतले निर्वाचित हुने स्थानीय जनप्रतिनिधिले नै यस्तो गैर कानुनी तरिकाले खुल्लेयाम मत माग्नुको साथै घरदैलोमा सहभागि हुँदै आएको भएपनि निर्वाचन आयोगको यसतर्फ ध्यान नजानु बिडम्बनाको बिषय बनेको छ । निर्वाचन आयोगले गरेको आदेशलाई धज्जि उडाउँदै वडा अध्यक्ष अजय चौरसियाले मतदान मागिरहेको गुनासो स्थानीयहरु नै गर्न थालेका छन् ।

स्थानीयहरुका अनुसार वडाध्यक्षले आफ्नो पद र पावरको गलत दुरुपयोग गरेको भन्दै बिरोध नै जनाएका छन् । स्थानीयहरुले गलत कृयाकलाप गर्ने, जनताको मर्म बुझ्न नसक्ने लालबाबु राउत गद्दीको पक्षमा वडा अध्यक्ष अजय चौरसियाले मत मांगेको देख्दा अगामी दिनमा पनि भ्रष्टाचारमा स्थानीय जनप्रतिनिधि लिप्त हुने हुन की ? भन्दै दुखेसो पोखेका छन् ।

यता निर्वाचन आयोगका अनुगमन अधिकृत रुद्र बहादुर कार्कीका अनुसार स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यक्षेत्र लगायत महानगर भित्र मत माग्न नमिल्ने बताएका छन् । यस विषयमा उहाँले जिल्ला निर्वाचन कार्यालय अथवा निर्वाचन आयोगको कार्यालयमा उजुर दिँदा कारवाही प्रकृया अगाडी बढाइने बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -