वीरगंज/ पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट उम्मेदवारी दिएका राजकुमार गप्ता प्रतिष्पर्धी उम्मेदवारहरूको पक्षमा जनलहर देखिएपछि तनावमा देखिएका छन्।
राजकुमार गुप्ता एमाले-जसपा गठबन्धनको उम्मेदवार भए पनि गठबंधन पक्षधरहरूबीच आपसी विश्वास कायम हुन नसक्दा उनी कमजोर हुने स्थिति कायम भएपछि तनावग्रस्त बन्न पुगेका हुन् ।
अंकुश दैनिकका अनुसार पार्टी भित्रको आन्तरिक विवाद मिलाउन नसक्नु प्रदेशसभामा आफूले प्रतिबद्धता व्यक्त गरेको व्यक्तिहरुलाई उम्मेदवार बनाउँछु भनेर अन्य पार्टीबाट ल्याएर अलपत्र बनाउनु जस्ता कार्यले गर्दा गुप्ता कमजोर बन्न थालेका छन् ।
राजकुमार गुप्ताले पर्सा क्षेत्र नं. ३ को १ बाट निर गिरीलाई र ३को २ बाट किरण गुप्तालाई उम्मेदवार बनाउँछु भनेर पार्टीमा भित्र्याए पनि दुबैले टिकट नपाउँदा स्वतन्त्र उम्मेदवार बनेका छन्।
यतिखेर राजकुमार गुप्ताले ज.स.पा.बाट अबदुल रहिम अन्सारी (मन्जुर) लाई १६ वटा वार्डको सम्पुर्ण निर्वाचन खर्च ब्याेहोर्नु पर्छ भन्दै रातारात नेकपा एमाले ल्याएर लडाउँदैछन् । जस्को कारणले गर्दा सुगौलीका निर्वतमान प्रमुख हरिनारायण चौधरी र सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवले नहर माथि भोट चाहिएकोमा मन्जुरलाई लिएर नआउनु भन्दै ठाडै जवाफ बिहीवारको मीटिंगमा फर्काए पछि गुप्ता तनावमा छन् ।
प्रह्लाद गिरी फैक्टरले गुप्ताथि थप दबाव सृजना गरेको छ। पर्सा जिल्लाकै पुरानो वामपन्थी नेताका रूपमा चिनिए तापनि पार्टी परिवर्तनमा चलायमान देखिएका गिरी नेकपा एमालेमा प्रवेश गर्दा गुप्ता चिढिए । टिकट पाउने सम्भावना नदेखेपछि प्रह्लाद गिरी क्षेत्र नं.३ को २बाट उम्मेदवारी दिए । प्रदेश सभामा उनको आफ्नो प्रभाव क्षेत्रमा विन्दवासिनी गाउँपालिका र पोखरीया नगरपालिका छ। त्यहाँबाट राजकुमार गुप्तालाई मत नजाओस् भनी कडा फिल्डिङमा गिरी व्यस्त छन् । आफ्नो चाहेजस्तो परिणाम निकाल्न राजकुमारले कडा मेहनत गर्न जरुरी छ।