Wednesday, January 8, 2025
घरक्राइम चेकसौन्दर्यकरणको नाममा पोखरीको मौलिकता र हिन्दुत्त्वमाथि प्रहार भएको छ : सर्राफ

सौन्दर्यकरणको नाममा पोखरीको मौलिकता र हिन्दुत्त्वमाथि प्रहार भएको छ : सर्राफ

वीरगंज/पर्सा निर्वाचन क्षेत्र नं.१ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार युवा नेता ओम प्रकाश सर्राफले प्रदेश सरकार र प्रतिनिधि ठेकेदारले सौंदर्यकरणको नाममा मुर्ली स्थित पोखरी र सिर्सिया नदीको मौलिकता नष्ट गरेको आरोप लगाएका छन्।

इम्प्रूविंग वीरगंजले आयोजना गरेको वातावरण संरक्षण सम्बन्धि सचेतनामूलक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पर्सा क्षेत्र न . १(ख) का प्रदेश सभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले सौन्दर्यकरणको नाममा वीरगंजको गौरवको रुपमा रहेको नगव पोखरी र मुर्ली पोखरीको मौलिकता नष्ट गरिएको बताएका छन् ।

जल लगायतका प्राकृतिक सम्पदालाई जोगाउनुपर्नेमा छठ घाटको रुपमा प्रयोग हुने यी पोखरीहरुको पानी सुकाई डोजर चलाई हिन्दु संस्कृतमाथि ठाडो प्रहार गरिएको बताएका छन् ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत बनाउन सुरु गरिएको ती पोखरीहरुको ठेक्का मा पनि व्यापक अनियमितता भएको नेता सर्राफले जिकिर गरेका छन् । वहाँले सिर्सिया नदी पुनः उदार गर्न सबै लाग्नु पर्ने बताएका छन् । संस्थाका अध्यक्ष सरन गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई वातावरण अभियन्ता आकाश चौहान लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम अन्तर्गत घण्टाघर सफाई लगायत अन्य सार्वजनिक स्थललाई सरसफाइ गरिएको थियो।

हेर्नुहोस् भिडियो

https://fb.watch/gjFpbypeKN/

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -