कोहि सुर्य बेच्न आए
कोहि रुख
कोहि हँसियाहथौडा बेच्न आए
कोहि कलम
कसैले मादल बज्छ भन्न आए
कोहि घण्टा बजाउन आए
कसैले बुढेसकालमा लौरो चाहिन्छ भने
कसैले जमाना अनुसार कम्प्युटर रोज्नुपर्छ भने
कोहि मोबाइल कोहि टिभी बेच्न आए
कसैले पानी पिउनुपर्छ सुनाए
कसैले घामपानी छेक्ने छाता लेउ भने
हुन त
पाँच वर्षको हाटबजार
अरु पनि थुप्रै नारामै व्यापार गर्न आएका छन्
व्यापारीहरु….
कहिलेकाही त खालीशिशी पुराना कागज भने जस्तो लाग्छ
नीति र सिद्धान्त नचाहिने
पहिचान र आस्था अनि संस्कार नचाहिने
देश र व्यवस्थाको ख्याल नराख्ने
कसम से
यति नै हो, राम्रो छ…
– प्रशान्त महासागर
कीर्तिपुर