वीरगंज, १० असोज/ वीरगंजमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ।
सोमबार विहान अंदाजी ७:१५ को समयमा परेको चट्याङ लागेर वीरगंज-२ छपकैया निवासी रामप्रसाद उपाध्याय र सिर्जना उपाध्यायका १५ वर्षीय छोरा सिद्धार्थ उपाध्यायको मृत्यु भएको जनाईएको छ।
छपकैया स्थित पोखरी नजिक क्रिक्रेट खेल्ने क्रममा अचानक आएको चट्याङले गर्दा खेलिरहेका बालकहरु घाइते भएका थिए ।
घाइतेको उपचारको लागि नारायणी अस्पताल लगेकोमा सिद्धार्थ उपाध्यायको मृत्यु भएको अस्पतालले जनाएको छ ।
सो बालक त्रिजुद्ध माध्यमिक विद्यालय विर्तामा कक्षा ९ मा अध्ययनरत रहेको परिवारिक स्रोतले जनाएको छ ।