Sunday, July 21, 2024
घरसमाचार१९ लाख ६४ हजारको चाँदी सहित एक पक्राउ

१९ लाख ६४ हजारको चाँदी सहित एक पक्राउ

जनकपुरधाम/

सशस्त्र प्रहरीले १९ लाख ६४ हजार तीन सय ४०रूपैयाँ बराबरको चाँदी बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले दिनु भएको जानकारी अनुसार शनिवार साँझ अं. ५:३० बजेको समयमा जिल्ला धनुषा नगराईन न.पा.-२ स्थित जटहीमा स.प्र.बल नेपाल बि.ओ. पि. जटहीबाट स.प्र.ना.नि. संजय गुराँगाईको कमाण्डमा खटिएको ४ जनाको चेक प्वाईन्ट टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेको अवस्थामा शंका लागि चेक जाँच गर्ने क्रममा आफ्नो घर भारतको जिल्ला मधुवनी ग्राम पंचायत सुट्टी गाँउ वडा नं. ६, चन्द्रकान्त झा नाम बताउने अं. वर्ष ५० को व्यक्तिलाई निजको शरीरमा बाँधेर लुकाई छिपाई अवैध रुपमा ल्याउँदै गरेको १९.४१७ कि.ग्रा. चाँदी बरामद गरिएको छ।

परेका झासँग सशस्त्र प्रहरीले साईकल र मोबाईल १/१ थान नियन्त्रणमा लिएको जनाएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -