२० भदौ/ रौतहटको एक व्यवसायीले जिल्लाको इतिहासमा पहिलोपटक बियर कम्पनी संचालन गरेका छन्।
रौतहटको कटहरिया नगरपालिका ९ निवासी बैजु बाबराले जिल्लाकै इतिहासमा पहिलो पटक दुई प्रकारका बियर उत्पादन गर्ने ओम ब्रुअरी प्रालिलाई सोमबारका दिन पोखराको गोल्डेन हाउस पार्टी पैलेसमा एक कार्यक्रमका बिच उद्घाटन गरेको हो ।
पोखरामा आयोजित एक कार्यक्रम बिच प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग वाणिज्य महासंघका अध्यक्ष संजिव बहादुर बोहराले ओम ब्रुअरी प्रालि द्वारा संचालित दुई प्रकारका बियर जोमसोम स्ट्रङ्ग र गोल्डेन आइस बियर उद्घाटन गरेका छन्।
सो कम्पनीमा दुई प्रकारका बियर जोमसोम स्ट्रङ्ग र गोल्डेन आइस बियर बनाउने कम्पनीका बनाइ रहेको बाबराले बताए । सो कार्यक्रमको अध्यक्षता कम्पनीका एमडी तथा मदिरा ब्यवसायी संघ केन्द्रीय अध्यक्ष बैजु बाबराले गरेको थियो ।
विगत लामो समय देखि व्यवसायमा लागेका बाबराले जिल्लामै पहिलो पटक बियर बनाउने कम्पनीलाई पोखरामा उद्घाटन गरि संचालनमा ल्याएका छन्।
सो कम्पनीमा उत्पादित दुई प्रकारका ब्रान्डेड बियर नेपाल भरि बिक्री हुने उनको भनाइ छ।
सो कम्पनीमा झन्डै ३ सय भन्दा बढी कामदारहरु काम गर्ने तथा सरकारलाई राजस्व स्वरुप करोडौं रुपैया सहयोग हुने कम्पनीका संचालक बाबराले बताएका छन्।
कटहरिया नगरपालिका ९ निवासी बैजु बाबराले यस् अघि २ वटा कम्पनी संचालन गर्दै आएका छन्।
बाबा बैजुनाथ केमिकल इन्डस्ट्रिज, ज्योति डिस्टिलरी कम्पनी संचालनमा छ। । सो कम्पनीहरुमा झन्डै १५ सय भन्दा बढी श्रमिक काम गरिरहेको बाबराले बताएका छन् । सो कार्यक्रमको विशिष्ठ अतिथिमा अभय प्रसाद बाबरा तथा नेपाल भरीका मदिरा ब्यवसायीहरूकाो उपस्थिति रहेको थियो ।