Tuesday, November 26, 2024
घरसमाचारसमाचार प्रभाव: भारतीय नागरिकले साहले राप्रपाको बैनर फेरे

समाचार प्रभाव: भारतीय नागरिकले साहले राप्रपाको बैनर फेरे

चन्द्रसूर्य प्रतिनिधि/
वीरगंज, १५साउन/ यहि साउन १६ गते वीरगंजमा हुन लागेको राप्रपाको कार्यक्रमको लागि बनाईएको स्वागत द्वारमा राखिएको बैनर भारतीय नागरिक नरेश कुमार साहले परिवर्तन गरेका छन्।

शुरुमा लगाईएको बैनर

नक्कली कागजात पेश गरि नेपाली नागरिकता लिएका भारतीय नागरिक नरेस साहले आफूलाई पर्सा क्षेत्र नं.२को संभावित उम्मेदवार भनेर वीरगंजको विभिन्न स्थानमा बैनर र स्वागत द्वारमा प्रचार गरेका थिए। सो सम्बन्धमा चन्द्रसूर्य वाणीले समाचार प्रकाशन गरेपछि पार्टी भित्र र बाहिर व्यापक चर्चा भएपछि साहले बैनर परिवर्तन गरेका छन्।

शुरुमा जताततै आफ्नो फोटो र उम्मेदवार भनि लगाईएको बैनर समाचार प्रकाशनपछि पार्टीको दबाबका कारण हटाएर पार्टीका जिल्ला अध्यक्ष, प्रवक्ता, सचिवलगायत अन्य व्यक्तिको फोटो सहितको बैनर राखेका मात्र छैनन्, उनले शुरुमा लेखेको “राप्रापा प्रभावशाली नेता, संभावित सांसद उम्मेदवार, पर्सा क्षेत्र नं. २” मेटेर “कार्यक्रम संयोजक” भनेर लेखेका छन्।

विरोधपछि परिवर्तित बैनर

लचिलो नागरिकता विधेयकको फाइदा उठाएर नेपाली नागरिकता बनेका नव नागरिकहरूको लगानी हुने भए पछि राजनीतिक दलहरू गैरनागरिकहरुलाई पार्टी प्रवेश गराउन हानथाप गरे अनुरूप नै नरेशजस्ता व्यक्तिहरू धमाधाम पार्टी प्रवेश गरेका छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -