काठमाडौं । सशस्त्र प्रहरी बलका अवकासप्राप्त प्रमुख शैलेन्द्र खनालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिएको छ । अख्तियारले खनालमाथि लामो समयअघि देखि अकुत सम्पति कमाएको आरोपमा छानविन गरिरहेको थियो ।
स्रोतका अनुसार खनाल अहिलेअख्तियारमा हप्तामा एक पटक बयान दिन नियमित गइरहेका छन् । यसअघि खनालको कार्यकालमा सामान र जग्गा खरिदमा अनिमितता भएको भन्दै छानविन भएको थियो । अहिले भने खनालमाथि अकुत सम्पति कमाएको अभियोगमा बयान चलिरहेको हो ।
पदमा हुंदा विभिन्न शक्ति केन्द्रबाट दबाव दिएर मुद्दा छानविन गर्नबाट रोक्ने प्रयास समेत गरेको उनीमाथि आरोप छ ।
स्रोतको भनाई अनुसरा तीन महिनादेखि बयान दिइरहेका खनालमाथि परेका विभिन्न उजुरीहरुमाथि छानविन भइरहेको छ ।