Tuesday, November 26, 2024
घरक्राइम चेकसशस्त्र प्रहरीद्वारा पेस्तोल, चरेश र काठ बरामद, गाँजा सहित दुई पक्राउ

सशस्त्र प्रहरीद्वारा पेस्तोल, चरेश र काठ बरामद, गाँजा सहित दुई पक्राउ

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २२ फाल्गुण/
सशस्त्र प्रहरीले पर्सा र सर्लाही जिल्लाको छुट्टाछुट्टै स्थानबाट पेस्तोल, चरेस र काठ बरामद गरेको छ भनें गाँजा सहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको समाचार छ ।

बोर्डर आउट पोस्ट भिस्वाका सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साह तेलीको कमाण्डमा खटेका ७ जनाको टोलीले शनिवार मध्यराती १०:४५ को समयमा पर्साको छिपहरमाई गापा-५ सिकटापुल हुँदै भारत तर्फ पैदल जाँदै गरेको एक व्यक्तिलाई देखेपछि ती व्यक्तिले बोकेको झोला फाली भारततर्फ भागेपछि उक्त झोला चेकजाँच गर्दा झोला भित्रबाट प्लास्टिकको पैकेटमा बेरेर राखेको प्रतिबन्धित लागुऔषध चरेस दुई पैकेट, कटुवा पेस्तोल र सोमा प्रयोग हुने गोली एक थान समेत बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।

त्यसैगरी पर्साको ठोरीबाट लागु औषध गाजा सहित दुई जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिवार राति करिब साढे ८ बजेको समयमा बोर्डर आउट पोष्ट ठोरीबाट सशस्त्र प्रहरी नायब निरीक्षक खिलेन्द्र बहादुर बस्नेतको कमाण्डमा खटिएको टोलीले भारततर्फ लगिरहेको अवस्थामा लागु औषध सहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिईएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका प्रवक्ता समेत रहेका सशस्त्र प्रहरी नायब उपरीक्षक सन्तोष कुमार बस्नेतले बताउनु भयो ।

भारतीय नम्बर बि.आर.०६ यु ५८७३ नम्बरको मोटरसाइकलसहित भारत जिल्ला पश्चिम चम्पारण सोनखर पंचायत वडा नम्बर १३ रामनगर बस्ने २९ बर्षिय संदिप पटेल र सोही निवासी २५ वर्षीय प्रेम पटेललाई पक्राउ गरिएको हो ।

त्यसैगरी सर्लाहीको ईश्वरपुर नगरपालिका-५ दशबिघा भन्ने ठाउँबाट सशस्त्र प्रहरी नायब निरीक्षक एक बहादुर चौलागाईंको कमाण्डमा खटेको ५ जनाको टोली र सगरमाथा बन विकास परियोजनाबाट बन अधिकृत सिकेन्द्र चौधरीको कमाण्डमा खटेको संयुक्त गस्ती टोलीले १२ थान झ्यालको चौकस अन्दाजी ६० क्यू.फिट र १० क्वी फिट सालको कोर्रा जम्मा ७० क्वी फिट बरामद गरिएको डीआईजी मगरले बताउनु भयो ।
बरामद गरिएका उक्त काठ एक लाख ५४ हजार मूल्यांकन गरि सगरनाथ साझेदारी वन विकास परियोजनामा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -