चन्द्रसूर्य समाचारदाता/
जनकपुरधाम/ सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशबाट धमाधम लागुऔषध बरामद गर्न थालेको छ ।
दुई दिन अघि मात्र सर्लाहीको बरहथवाबाट भारी मात्रामा लागू औषध बरामद गरेको दुई दिन बित्न नपाउँदै सोमबार धनुषाको जनकनन्दिनी गापा क्षेत्रबाट पनि ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ ।
जनकनन्दिनी-३ महुवास्थित सीमा क्षेत्रमा बीओपी खजुरीबाट खटेका स प्रहरी हवल्दार कमल राई सहित २ जनाको सशस्त्र प्रहरी टोलीलाई देखेर दशगजा क्षेत्रमा कालो रंगको झोला फालेर मान्छे फरार भएको थियो । सो झोला बरामद गरि चेक जाँच गर्दा प्रतिबन्धित लागुऔषध नुफेन इंजेक्शन 2ml चार सय३८ पिस, डाइजेपाम इंजेक्शन 2ml २४३ थान, फेनारगन इंजेक्शन ४४७ थान र डाइजेलैब १८५ पिस गरि १३१३ थान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।
बरामद गरिएका ती लागुऔषध आवश्यक कार्यवाहिकालागि इलाका प्रहरी कार्यालय खजुरी धनुषामा बुझाईएको डीआईजी मगरले बताउनु भयो ।