Thursday, November 28, 2024
घरपत्रपत्रिकामुटुरोग विशेषज्ञ डा. आचार्य र डा. अल्का सिंहद्वारा एक सय मुटु, रक्तनली...

मुटुरोग विशेषज्ञ डा. आचार्य र डा. अल्का सिंहद्वारा एक सय मुटु, रक्तनली र फोक्सोको शल्यक्रिया

चितवन, चितवनस्थित चितवन मेडिकल कलेजमा कार्यरत डा. अनिल आचार्य एवं डा. अल्का सिंह सहितको टिमले नौ महिनामा एक सय जना विरामीहरूको मुटु, रक्तनली र फोक्सोको सफल शल्यक्रिया गरि जीवन दान दिएका छन् ।

अस्पतालको कार्डियोथोरासिक एण्ड भास्कुलर सर्जरी (सिटिभिएस) विभागमार्फत् गत वैशाखदेखि शुरु गरिएको उक्त सेवाबाट उपरोक्त संख्याका विरामीहरूले लाभ उठाएका हुन् ।

मध्यभागमा डा. अनिल आचार्य एवं डा. अल्का सिंह

विभागका प्रमुख कार्डियोथोरासिक तथा भाष्कुलर सर्जन डा. अनिल आचार्यले मुटुको भल्व फेर्ने, मुटुको प्वाल टाल्ने, रक्तनलीका जटिलदेखि साधारणसम्मका शल्यक्रिया, फोक्सोको शल्यक्रिया गरिएको बताउनुभयो ।

उहाँले जटिल प्रकारका शल्यक्रिया गरिएको उदाहरण दिंदै मुटुको खुम्चिने शक्ति निकै कम भएका व्यक्तिको शल्यक्रिया गरी स्वस्थ बनाईएको बताउनुभयो । उहाँले भन्नुभयो ‘मुटुको खुम्चिने शक्ति कम भएकोमा दुई वटा भाग फेर्ने र एउटा मर्मत गर्ने काम सफलतापूर्वक गरियो ।’ हालसम्म गरिएका सबै शल्यक्रिया सफल भएको उहाँको भनाई छ । उहाँले अगाडि भन्नुभयो ‘हालसम्म गरिएका एक सय शल्यक्रिया सबै सफल भएका छन् ।’

विभागमा डा. आचार्यसँग डा. अल्का सिंहले यो विभाग अन्तर्गतका शल्यक्रिया गर्दै आउनु भएको छ ।
डा. आचार्य सन् २००८ मा बंगलादेशबाट कार्डियोथोरासिस तथा भाष्कुलर सर्जरीमा स्नातकोत्तर गर्नुभएको छ । उनले १० वर्ष काठमाण्डौंको शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्रमा काम गरिसक्नु भएको छ । भने डा. अल्का सिंह नेपालकै नेपालकै प्रथम महिला कार्डियोलोजिस्ट हुन् ।

सन्दर्भ सामग्री एवं फोटो साभारः कान्तिपुरहेल्थ

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -