२०८२ माघ १७ गते, शनिबार ०६:२६

अफगानिस्तानमा पश्चिमा संस्कृति नत्याग्नेलाई मृत्युदण्ड दिइने तालिवानी चेतावनी

अफगानिस्तानको विद्रोही समूह तालिबान दिनदिनै निकै बलियो बन्दै गएको छ। तालिबानले हालसम्म ३४ मध्ये ११ प्रान्तीय राजधानी कब्जा गरिसकेको छ।

उसले देशकै दोस्रो ठूलो शहर कान्दहार तथा देशकै तेस्रो ठूलो शहर हेरातसँगै रणनीतिक हिसाबले राजधानी काबुल नजिकैको गजनी शहर पनि कब्जा गरेको छ। यसरी मुख्य मानिएका शहर तथा प्रान्तीय राजधानीलाई नै कब्जामा लिनु भनेको तालिबानको ठूलो जित हो। कान्दहार, हेरातजस्ता ठाउँमा सरकारी सेनाको बलियो उपस्थिती थियो यद्यपी उनीहरुलाई हराएर तालिबानले देशै कब्जा गर्ने दृढतालाई थप मजबुत बनाएको छ।

२० वर्षपछि अमेरिका लगायत नेटोमा आवद्ध विदेशी सेनाहरु अफगानिस्तानबाट फर्किँदै गर्दा तालिबानको शक्ति मजबुत भएको छ। तालिबानहरु राजधानी काबुल नजिकैको शहरसम्मै पुगेका छन्।

देशमा पुरै तालिबानको प्रभाव बढ्न थालेपछि उसले हुकुम चलाउन थालिसकेको देखिएको छ। तालिबानले हालै अफगानिस्तानमा पश्चिमा संस्कृति अंगाल्ने व्यक्तिलाई मृत्युदण्ड दिने चेतावनी दिइसकेको छ। तालिबानले केन्द्र सरकारलाई कठपुतलीको संज्ञा दिएको छ। सरकारमा हुनेहरुले पश्चिमा संस्कृति अंगालेका कारण उनीहरुको हत्या हुने पनि तालिबानको भनाइ छ।

यसअघि तालिबानले महिलाहरुलाई घर बाहिरको काम नगर्न र बाहिर बजार निस्कँदा एक पुरुष सदस्यसँग मात्र बाहिर निस्कन भनेको थियो। तालिबान द्वन्द्वका क्रममा सर्वसाधारण, महिला तथा बालबालिकाले ज्यान गुमाएका छन्। तालिबान यो विषयमा युद्धमा मानिसको ज्यान जाने प्रतिक्रिया जनाउँछ ।

बीबीसीहिन्दी र एजेन्सीको सहयोगमा

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM