झापा/ पूर्वराजदम्पति चारहप्ते बसाईकोलागि आइतवार साँझ झापा आएका छन् ।
राजा ज्ञानेन्द्र पत्नी कोमल राज्यलक्ष्मी देवी शाहका साथ बुद्ध एयरलाइन्सको बिमानबाट सोमबार साँझ पौने ६ बजे झापा आइपुगेका हुन् ।
भद्रपुरस्थित चन्द्रगढी विमानस्थल ओर्लिएका पूर्व राजदम्पत्तिलाई विमानस्थलमा उनका समर्थकहरूले स्वागत गरेका थिए।
समर्थकहरूले पूर्व राजाको पक्षमा ‘राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश-प्राण भन्दा प्यारो छ, मेची महाकाली हल्ला छ राजा ल्याउने सल्लाह छ, गणतन्त्र मुर्दावाद, सङ्घीयता खारेज गर, हिन्दुराष्ट्र कायम गर’ भनेर चर्का नारा लगाएका थिए ।
पूर्वराजा-रानी दमकस्थित निवासतर्फ गएका छन्। त्यहाँ वहाँहरुको आफ्नै निजी चिया बगान अर्थात् हिमालयन टी स्टेटमा रहेको निवासमा बस्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
वहाँहरू झापा करिब चार हप्तासम्म बस्ने बुझिएको छ।
झापा बसाइको क्रममा उनले राजनीतिक भेटघाट र केही शक्तिपीठको दर्शन एवं पूजाआजा गर्ने कार्यक्रम रहेको जनाइएको छ।
पूर्वराजा-रानी जाडोको समयमा हरेक बर्ष दमकस्थित निवासमा लामो समय बिताउने गरेका छन् ।