नेपाली युवाको आवाजका अध्यक्ष तथा काठमाडौंको पुरानो बानेश्वर, भिमसेनगोला निवासी स्वर्ण विक्रम शाहज्यु संग अहिलेको समयमा देशमा देखा परेका बिषयलाई लिईएर गरेको कुराकानी । के रहेछ त उहाँको बिचार ? प्रस्तुत छ शाह जी संग गरिएको कुराकानी :
कस्तो लागि रहेको छ, देशको राजनीति ?
के भन्ने देशको राजनितीको बारेमा । देशमा संविधान त बन्यो तर त्यसको कार्यान्वयन भने अहिले सम्म कुनै राजनितिक दल होस या नेताहरु कसैमा पनि भएको छैन र न त यिनीहरुले यो संविधान पालना नै गरेका छन् । सरकार प्रमुख र राष्ट्रप्रमुख नाम मात्रकै छन् भने संसद भनेको भ्रष्टाचार कसरी गर्ने भनेर छलफल गर्ने ठाउँ मात्र भएको छ । देशमा सम्बिधान आउनु भनेकै राष्ट्र विखण्डन गर्ने, जनतामा विभेद बढाउने, जातको नाममा एक आपसमा लडाउने, जनताका नाममा आफ्नो र आफ्नो नातेदार तथा ईष्टमित्रहरुको भुँडी भर्ने, हिन्दु र बुद्ध धर्ममा आक्रमण गर्ने मुख्य कारत भएको छ । झन अहिले आएर त देशमा आएको समस्यलाई नेता तथा मन्त्रीहरुको मागि खाने र जनताको नाममा आफुले कमाउने अवसर बनाएको सारा जनता सामु छर्लङ्ग छ ।
नेपालमा संघीयता पुर्ण रुपमा असफल भई सकेको यहाँको लेखहरुमा पढ्न पाईन्छ । यसको बारेमा के भन्नु हुन्छ?
नेपालजस्तो सानो राष्ट्र जसको संविधानसभाको लागि भवनसमेत नभएर देशकै एकमात्र अन्तर्राष्ट्रिय कन्फ्रेन्स हललाई सांसद भवन बनाउन पर्ने अवस्थामाले नै यो सिद्ध गरि सकेको छ कि मुलुकले संघीयतालाई थेग्ने संभावना नै छैन भनेर । आम नेपाली जनतामा संघीयताबारे ज्ञानको अभाव यथावत् नै छ । त्यस माथि दलहरुले राष्ट्रले दिन नसक्ने माग जातीयराज्य, क्षेत्रीयराज्य र एक मधेश समुच्च तराई प्रदेशको मागले गर्दा दलबीच सहमतिको वातावरण सिर्जना हुन नसक्नु नै संघियता पुर्ण रुपमा असफल भई सकेको छ र यसमा दुई मत सम्म पनि छैन ।
तपाईं बारम्बार आफ्नो लेखहरुमा लेख्ने गर्नु हुन्छ कि अहिले भन्दा राजतन्त्र हुदा देश बिकसित थियो जनताहरुले सुख र शान्ति पाएका थिए , के यो साच्चिकै हो त ?
के होईन र ? तपाईलाई थाहा छैन र ? तपाईं त म भन्दा पनि उमेरमा जेठो हुनुहुन्छ । तपाईले मैले भन्दा बडि दुनिया देखेको हुनुहुन्छ, एकचोटी आफ्नो अन्तर आत्मालाई टटोलेर हेर्नुस त, सजिलै जवाफ पाउनु हुन्छ । राजतन्त्र हुदा देशमा रोजगारी थियो, जनताका सुरक्षा थियो, देशले दिन दुईगुना र रात चौगुणा प्रगती गरिरहेकाले नेपाली युवाहरु बिदेशीन परेको थिएन । अझै गार्मेन्टस् र गलैचा उत्पादन कार्यमा त ईन्डिया, पाकिस्तान र बंगलादेशबाट कालिगड, कटिङ्ग माष्टर लेराएर नेपालले रोजगारी दिन्थ्यो । अहिले हेर्नुस् देशमा कहाँ छ सरकारी कलकारखाना ? युवाहरुले रोजगार कहाँ छ पाएको ? हाम्रा युवाहरु त्यत्तिकै आफ्नो ईक्छाले बिदेशीयका हुन् ? अहिले देशमा फैलिएको कोरोना महामारीको समयमा हेर्नुस न भन्ने बेलामा नेपाल सरका नै कोरोना जनस्तरमा फैलि सक्यो भन्ने र सिंहदरवारका कर्मचारी, महानगर पालिका र सरकारी कार्यालयका कर्मचारीको मात्र स्वाब टेष्ट गर्ने, यसको अर्थ देशका मन्त्रीहरु र उच्च पधिकारीहरु चाँहि सुरक्षित होस जनताहरु मरे मरोस बाँचे बाचोस भन्ने होईन र ? के जनताहरु नेपाली हईनन् ? के यी जनतामाथी सरकारको कुनै कर्तब्य या जिम्मेवारी छैन ? के यहि हो सम्बैधानिक लोकतान्त्रिक गणतन्त्रात्मक सरकारका जनप्रतिनिधिहरुको दाईत्व, कर्तव्य ? के यस्तै हुन्छ जनताले चाहेको जनताको सरकार ? यस सरकारलाई जनताको सरकार भन्ने कि नेताहरुले आफ्नो ब्यक्तिगत र पारीवारिक स्वार्थ पुर्ति गर्ने सरकार भन्ने ? यी सब प्रश्न चिन्ह अहिलेको समयमा नेपाल सरकार चलाउने महानुभावहरु माथि त्यर्सिएको छ र यस प्रश्नबाट यो सरकार चलाउनेहरु भाग्न पाउने छैन । पंचायतकालमा पनि देशका कंयौ संकट आएको हनमी माझ सबैलाई थाहन नै छ, त्यस समयको सरकनरले कसरी छिटो भन्दा छिटो जनताहरुको समस्या प्रति चासो दिएक उक्त समस्याबाट जनतालाई बचाएका थिए यो त सर्वज्ञ्यत नै छ । सो समयमा राष्ट्र प्रमुख राजा आफै जनताका घर घरमा पुगिसकेको थियो तर अहिले हेर्नुस हाम्रा राष्ट्र प्रमुखहरु बालुवाटार र सितलनिवसमा बसेर राजनितीको फोहरी खेल खेलिरहेका छन् । अब तपाईं नै भन्नुस जनताले कुन ब्यबस्थामा सुख, सुबिधा, शान्ति र सुरक्षा पाएका थिए ?
नेपालमा भइरहेको विदेशी हस्तक्षेप बारे के भन्नु हुन्छ ?
नेपाली नेताहरुमा देश चलाउने र राष्ट्रहितको सवालमा निर्णय गर्ने क्षमताको कमी, सानो भन्दा सानो समस्यामा बिदेशीको सहयोग र सल्लाह लिने जस्तै राज्यका साना भन्दा साना निर्णयमा समेत कहिले अमेरिका, कहिले युरोपियन युनियन, कहिले दिल्लीको त कहिले चिनको मुख ताक्ने प्रवृत्ति हावी हुँदै जानु। पश्चिमी जगतको सहयोग र सल्लाहमा हिन्दुराष्ट्र हटाउनु, धर्म निरपेक्ष राज्य घोषणा गर्नु, यति सानो राज्यलाई संघियताको नाममा देशैले धान्न नसक्ने सात प्रदेश बनाउनु, खुल्लारुपमा धर्म परिवर्तन गराउनु रहेका छन् । हिन्दु धर्म माथि बारम्बार आक्रमण हुनु, हालसाल नै पुजारीको हत्या समेत भएको छ र यति मात्र ५३ स्थानमा नेपालको सीमा मिचिएको छ। सयौ जङ्गे पिलर उखेल्लिएका छन्। मधेशका राजनीतिक दलहरु नेपालको सीमा मिचिदा मौन बसिरहेका छन् भने देशलाई ईन्डियाको गुलाम बनाउन रातदिन ईन्डियन राजदुतावास धाई रहेका छन् । यस्तो विडम्बना भोगिरहेको छ हाम्रो मुलुकले अहिले । अब यो भन्दा बिदेशीको ठाडो हस्तक्षेप अरु के नै हुन्छ र ?
नेपालको मुख्य समस्या के होला जस्तो लाग्दछ?
जनतामा शिक्षा, ज्ञान र रोजगारीको कमी, महँगी, भ्रष्टाचार, अन्याय, अशान्ति, डर, त्रास, अपहरण, चन्दा आतंक आदि रहेका हुन्। खासगरी नेपालको प्राचिन धर्म संस्कृति, भाषा, जाति, इतिहासका बारेमा बिद्यार्थीहरुलाई ज्ञान नहुनु जसको बारेमा देशले गर्ने भनेको कक्षा १ देखि यी सब सम्बन्धि अध्ययन हुन नसक्नु नै हो।
देशभक्त नेपालीहरु त उठ्ज सकेनन् नि?
००७ सालदेखि राष्ट्रवादी माथि हमला हुँदैआएको छ। जस्तै राजा महेन्द्र जस्ता देशप्रेमी र देशको हकहितमा सोच्ने दुरदर्शी राजालाई काम गर्न नदिनु । राजा महेन्द्रले जम्मा ९ बर्ष आफ्नो मर्जिले काम गर्दा देश कहाँबाट कहाँ पुग्यो ? यो त सबैलाई थाहा नै छ । त्यतिमात्र नभई ०४६ सालपछि त सञ्चार माध्यममा समेत राष्ट्रवादी संघ संस्था र व्यक्तिहरुलाई ओजेलमा पार्ने कार्य भएको थियो। देशभक्त भए कै कारण ०५८ जेठ १९ गते राजा श्री ५ वीरेन्द्र र राजपरिवारको आफ्नै बैठकमा हत्या भयो। राष्ट्र निर्माता पृथ्वी नारायण शाहको सालिकमा हमलागर्दै तोडफोड गरियो, पृथ्वी जयन्ती तथा एकता दिवसमा विदा कटौती गर्नु। यसबाट के बुझिन्छ भने अहिले राष्ट्रवादीहरुलाई समाप्त पार्न ठूला दलहरु नै लागेका हुन।
भन्ने गरिन्छ त्यति बेला पंचायती ब्यबस्थामा भन्दा अहिले नेपालको बजेट सयौं गुणा बढेको छ भने देश कसरी त्यस बेला भन्दा अहिले झन आर्थिक रुपमा खत्तम भयो र ?
हो त्यस समय भन्दा अहिले देहको बजेट धेरै बढि छ तर त्यो कसरी भयो ? त्यस समयमा देशमा हजारो ससानान कलकारखाना र सयौं ठुला कलकारखाना थिए । त्यो सबै अहिले बेचियको छ । उक्त बिक्री भएको पैशा त देशको हो नि, त्यो सबै पैशा त्यतिबेलाको बजेटमा जेडिने हो भने त नेपालको अहिलेको बजेटको ५० अौं गुणा बडि हुनु पर्ने, खै त सो रकम ? त्यतिबेलाको बजेटमा नेपालमै चलेको कलकारखानाबाट आएको ट्यक्सबाट बन्थ्यो भने अहिले बिदेशबाट आउने सहयोग र ऋण, रेमिट्यान्स र जनता माथिको उच्च करले बन्छ । अब आफै भन्नुस त्यो बेलाको देश धनी थियो कि अहिलेको ?
नेपाली जनताहरु भेडा हुन, त्यसैले देशको अवस्था यस्तो भएको हो , यो कत्तिको साँचो हो ?
म यो मान्दिन । हामी नेपालीहरु राष्ट्रियताको बिषयमा अति सम्बेदनसिल छन् । फेरि तपाइँको यो कुरा मान्छु पनि किनभने कुनै पनि कुराको दुई पाटा हुन्छ । नेपाली भेडा हुन भन्दैमा त्यो भडा जुन एउटा डाँडाबाट खस्दा सबै त्यहिबाट हामफाल्ने भन्ने बुझिन्छ भने त्यो हाम्रो एकांकि बुझाईमात्र हुन्छ । हामीले यसलाई अर्को अर्थमा पनि बुझ्नु पर्छ । यदि एउटा भेडाले कसैलाई रिसले आक्रमण गर्यो भने बाँकि सब भेडाहरुले त्यसको अवस्था कस्तो बनाउला ? हो त्यहि भेडा अहिलेका जनता हुन । आजका जनताहरु यो सरकारको निकम्मापन देखेर वाक्क भई सकेका छन् र यदि यस्तै हो भने मैले भनेको भेडा जनता बाहिर आउने छन र गणतन्त्रात्मक सरकारका सम्पूर्ण नेताहरुलाई जसरी ईराकमा ११ नेपालीहरुको हत्या हुँदा यहाँका म्यानपावरहरुमा टोडफोड गरेका थिए त्यसै गरी यी नेता महोदयहरुको घर घरमा पनि भित्रै छिरेर सम्पूर्ण घर नै टोडफोड गरेर, नेताहरुलाई घरबाट घिसार्दै सडकमा लेराएर नाङ्गेझार पारेर, कालो मोसो दलेर पिटि पिटि मारेर यस संसारबाटै बिदाई गर्ने छन् । मलाई यो पनि लाग्छ कि अब त्यो दिन चाडै आउदै छ ।
तपाइको सोचाईमा देशलाई अगाडि बढाउन के गर्नु पर्छ भन्ने बारे प्रष्ट पारी दिनु हुन्छ कि?
हामी युवाहरु मिलेर अब नेपाल आमाको अस्थित्व बचाँउ नेपाली जनतालाई मातृभूमिको अस्तित्वको महत्व र यसप्रतिको हाम्रो दायित्व र कर्तव्य के हो भन्दै बुझाउदै बैचारिक आन्दोलनमा जुट्नु पर्ने समय आईसक्यो । अहिलेका नेताहरु जो संसदमा आउदा च्यतिएको लुगा र नाङ्गो खुट्टा लगाएर आएका सम्पूर्णको २०४६ साल देखिको सम्पतिलाई राष्ट्रियकरण गरि यिनीहरुलाई देश निकाला गर्न पर्छ, राजालाई फेरि राज गद्दीमा राख्न पर्छ र मुख्य कुरा राष्ट्रिय अखडा, स्वतन्त्र राष्ट्र, नेपालको धर्म संस्कृति भेषभुषा इतिहास, भूगोल सीमाना, प्राचीन सभ्यता, चालचलन, भाषा भाषी र जातजातिको सुरक्षाको लागि यो थालनी गर्न पर्छ नत्र नेपाल भन्ने राष्ट्र भविष्यमा ईतिहासमा मात्र सिमित हुनेछ भुगोलमा होईन ।
नेपालमा राजालाई पनि मौका त दिए कै हो नि , तर त्यहि पुरानै सैलिमा आएपछि गणतन्त्र लेरायका हुन जनताले होईन र ?
सबै भन्दा पहिला त म के भन्न चाहान्छु भने नेपालमा गणतन्त्र न त जनताले लेराएका हुन्, नेताले त झन हुँदै होईन । गणतन्त्रको रपमा देश त राजा ज्ञानेन्द्रले जनतालाई सुम्पियका मात्र हुन । अर्को कुरा राजाले त्यहि पुरानो पंचायती सैलीमा काम गर्यो भन्नेलाई म के भन्न चाहान्छु भने त्यस समयको माग त्यहिनै थियो जसको पुष्टि १७ सालमा राजा महेन्द्रले यदि कु नगरेको भए के आज यो देश जिउदो हुन्थ्यो ? राजा ज्ञानेन्द्रले त अझ जम्मा ३ बर्षको समयको माग गरेका थिए । यो तीन बर्षमा के हुन्थ्यो यो नेताहरुले बुझिसकेका थिए तर हाम्रो दुर्भाग्य जनताले बुझ्न सकेनन् । हामी नेपाली जनता बुद्धको भुमीमा जन्मेका १७००० जनताको रगत बगाएर आएको माओवादीलाई माफ गरि मौका दियौ, देशलाई ध्वस्त पार्ने जिरिजा जस्तोको काङ्ग्रेसलाई माफि दिएर मौका दियो, महाकाली नदि समेत देशै बेच्न खोज्ने एमालेलाई माफि दियर मौका दियौ तर २४० बर्ष देखि देशको मान, सम्मान, सिमा र नेपाली जनताको रक्षा र सुरक्षा गर्दै आएको राजसंस्थालाई जाबो ३ बर्ष देश चलाउन दिएनौ । गल्ती राजाबाट पनि भएको थियो तर ती गल्ति भनेको यी राजनितीक पार्टीका र नेताहरुको गल्तिको अगाडि त केही थिएन मात्र एऊटा भुल थियो र म भन्छु भुलको लागि माफि हु्छ भने गल्तिको लागि सजाय तर यहाँ त ठ्याक्कै उल्टो भयो र जसको परिणाम आज देश र जनताहरुले भोगि रहेका छन् ।
अन्तमा तपाईं नेपाल सरकार र जनताहरुलाई केही भन्न चाहनु हुन्छ ?
सर्वप्रथम त म देश हाक्ने नेताहरु र समस्त नेपाली जनताहरुलाई भन्न चाहान्छु कि राष्ट्र अहिले मर्ने र बाँच्ने दोसाँदमा छ । नेपाल अर्थात हाम्रो राष्ट्र मर्नु भनेको हामि सबै नेपालीहरुको अस्तित्वो मेटिएर जिउदो लास सरह हुनु हो र कुनै पनि देशले एक पटक आफ्नो अस्तित्व गुमायो भने करोडौको बलिदानले पनि त्यसको क्षतिपुर्ती हुन सक्दैन तेसैले कुनै पनि पार्टी, राजनीतिज्ञ वा रास्ट्रसेबकहरुको कमजोरी वा मुर्खता लाइ माफ गर्न सकिएला तर उनीहरुको रास्ट्र प्रतिको बेइमानी वा गद्धारीलाइ माफ गर्न सकिदैन ! यस्ता गद्धारहरुलाई कठोर भन्दा कठोर दण्ड दिन पर्दछ ! हाम्रा बिर गोर्खाली सहिदहरूले आफ्नो रगत बगाई ज्यानको समेत बलिदान दिएर बचाएको यो हाम्रो मतृभूमी आज कति अतिक्रमित भएको छ ? अझ पनि के हामि लाटोले केरा हेरेर बसे जस्तै भएर बस्ने ? के हाम्रो शरीरमा ति बिर महान सहिदहरुको एक थोपा रगत पनि छैन ? के हाम्रो रगत सेलाई सक्यो ? आफ्नो अन्तर आत्मालाइ एक चोटी टटोलेर हेर्नु होला !