Tuesday, November 26, 2024
घरमनोरञ्जननुतन भुषालको देउसी भैलो गीत “तिहारको रमझम” सार्वजनिक (भिडियोसहित)

नुतन भुषालको देउसी भैलो गीत “तिहारको रमझम” सार्वजनिक (भिडियोसहित)

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ६ कार्तिक/
प्रवासी भूमि इजरायलमा बसेर पनि नेपाली सांगितिक क्षेत्रमा सक्रियता पूर्वक लाग्दै आउनु भएकी गीतकार नुतन भुषालको नेपाली तिहार देउसी भैलो गीत “तिहारको रमझम” सार्वजनिक भएको छ ।

“बारीभरी ढकमकै सयपत्री फुल्यो, मखमली गोदावरी जताततै झुल्यो” बोलको सो गीतमा सुमधुर स्वरकी धनी गायिका प्राश्ना शाक्यले आफ्नो स्वर दिनु भएको छ भने दीपकराज विश्वकर्माले संगीत दिई एरेन्ज गरेका छन् ।

किंग स्टूडियोले छायांकन गरेको सो गीतमा प्राश्ना शाक्य, काजल शर्मा, आश्विन भुसाल, सुनिता श्रेष्ठ र जिनिया श्रेष्ठले अभिनय गरेका छन् ।

नुतन भुसालको यस गीतले नेपाली धर्म संस्कृति र परम्पराका साथै नेपालीहरूको पर्व तिहारमा दिदी भाईहरूबीचको प्रेम सम्बन्धलाई प्रगाढ बनाउन थप बल पुग्ने छोरी मैया स्मृति प्रतिष्ठानकी अध्यक्ष सुजाता श्रेष्ठले बताउनु भयो ।
भुसालले विगत लामो समयदेखि नेपाली मौलिकता, धर्म, संस्कृति र विशेषता झल्किने खालका गीतहरूलाई मिठो शब्दहरूमार्फत लिपिवद्ध गरी सांगितीक क्षेत्रमा उल्लेखनीय योगदान दिंदै आउनु भएको छ ।

यस अघि “घुर्काएर” बोलको गीत पनि सार्वजनिक भएको छ । गीतमा सुमधुर स्वरकी धनी गायिका पुर्णिमा लामाको स्वर रहेको छ भने दिपकराज विश्वकर्मा संगितकार रहेका छ्न । महेश पाण्डेले एरेन्ज गरेको सो गीतलाई मनोज परियारले मिक्सिङ एण्ड मास्टरिङ गरेका हुन् ।

मेलिना र अश्विनको अभिनय रहेको गीतको भिडियो छायांकन भने बुद्ध थापाले गरेका हुन् । निकेश खड्को निर्देशन रहेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

हेर्नुहोस् भिडियो…

 

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -