Tuesday, November 26, 2024
घरविचारराजनेता, ठग र कुटनीति

राजनेता, ठग र कुटनीति

-शान्तिमान श्रेष्ठ
भारतले ५० वर्ष देखी दलाई लामालाई संरक्षण दिएर पालेको छ , दलाई लामाको साथ हजारौं तिब्बतिहरुलाई भारतले पालेको छ, तिब्बतको निर्वासित सरकार भारतमै छ र त्यो सरकारका प्रधानमन्त्री लोब्साङ्ग साङ्गे भारतमै छन , विगतमा भारतमा निर्वासित तिब्बतिहरुको प्रयोग गरेर अमेरिकाले थालेको चीन बिरुद्धको सैन्य गतिविधिमा भारत पनि प्रत्यक्ष अप्रत्यक्ष रुपले सहभागी भएको छ । खम्पा विद्रोह मा भारत र अमेरिका दुबैको भूमिका थियो, राजा विरेन्द्र कालिन नेपालले त्यो खम्पा विद्रोहको दमन गरेको थियो।

तर ,
केहि दिन अघि चिनियाँ राष्ट्रपती सि जिन पिङ्गको भारत भ्रमण लगत्तै नेपाल भ्रमण भयो , सि र मोदि बिचको भ्रमण र दुइतर्फी बार्तामा सि जिन पिङ्गले मोदि समक्ष तिब्बतीहरुको सवाल उठाएनन, तिब्बतीहरुको कारण चीनको सुरक्षालाई खतरा भएको र भारत यस मामिलामा सहभागी रहेको कुरो निकालेनन , तर लगत्तै उनले नेपाल आएर भने , “चीनको बिरुद्ध लाग्ने जोसुकैले नराम्रो परिणाम भोग्न पर्नेछ र तिनलाई पेलेर किमा बनाईनेछ। ” सि को यो धम्की नेपाल प्रती लक्षित छ , यसको अर्थ नेपाल चीन बिरुद्धको गतिविधिमा सामेल छ र नेपाल चीनको सुरक्षाको लागि खतरा छ भन्ने चीनको बुझाई छ ।

नेपालले आज सम्म दलाई लामालाई लुम्बिनिमा समेत आगमन गर्न निषेध गरेको छ , जबकी भारतले त लामो समय देखी संरक्षण नै गरेर राखेको छ तर चीनले भारतलाई केहि नभन्नु तर नेपाललाई निष्ठुर शैलिमा धम्की दिनुको कारण के छ ?

सि जिन पिङ्ग लाई थाहा छ नरेन्द्र मोदि राजनेता हुन तर नेपालका यि टपरेहरु नेता होइनन भतुवा हुन, ठग हुन। नरेन्द्र मोदि आफ्नो देशको लागी काम गर्छन तर यि भतुवाहरु पैसा खाएर अर्काको लागी काम गर्छन , नरेन्द्र मोदि प्रयोग हुँदैनन तर यि टपरेहरु प्रयोग हुन्छन , नरेन्द्र मोदि जे बोल्छन त्यो गर्छन , यि भतुवाहरु जे बोल्छन त्यसको बिपरित गर्छन । आफ्नो देशको हितको सवालमा नरेन्द्र मोदिको चीन सँग टकराव हुन सक्छ तर उनले आफ्नो देशको भूमी प्रयोग गरेर अरु कुनै देशलाई चीन बिरुद्ध गतिविधि गर्न छुट दिनेछैन तर तर यि भतुवाहरुले दिनेछन। भारत सँग चीनको समस्या भएमा मोदि सँग संवाद गरे हल निस्किन्छ तर नेपाल संग चीनको समस्या भएमा यि भतुवाहरु संग संवाद गरेर हल निस्किंदैन किनकी यिनको मालिक अरु नै छन , सि जिन पिङ्ग लाई थाहा छ यि ठग हुन त्यसैले उनले दोस्रो वाक्य बोले : जे बोल्छौ त्यो गर । उनको यो बाक्यमा धेरै अर्थ लुकेको छ , यि ठगहरु बोलेको कुरा गर्दैनन , गरेको कुरा बोल्दैनन। पिङ्ग ले आफ्नो दोस्रो वाक्य मार्फत पहिलो वाक्यलाई जोड दिंदै यि ठगहरुलाई स्पष्ट धम्की दिए : “अमेरिका र युरोपेलिको पैसा खाएर हाम्रो बिरुद्ध लाग्यौ भने तिमिहरुलाई पेलेर किमा बनाउँछौ , यो गफ होइन किनकी हामी जे बोल्छौं त्यो गर्छौं । तिम्रा जनतालाई वेवकुफ बनाए जस्तै हामिलाई वेवकुफ नबनाउ।”

यि ठगहरुले पाश्चिमिको पैसा खाएर इन्डो प्यासेफिक रणनीतिमा हस्ताक्षर गरेको चीनलाई थाहा छ , लगत्तै चीनले आयोजना गरेको बिआरआई सम्मेलनमा चीनलाई उल्लू बनाउन र अमेरिकालाई खुशी बनाउन कार्यकारी प्रधानमन्त्री नगएर सेरेमोनियल राष्ट्रपती जानुको फट्याई थाहा छ जबकी प्रधानमन्त्री ओलि कोष्टारिका, क्रोसिया, बर्मा जस्ता फुच्चे देशहरुको भ्रमण गर्दै डुलिराखेका हुन्छन। बाँदर बाठो भए गेडा च्यापिएर मर्छ भने जस्तै हालत यिनको भएको छ । दुई विपरित दिशामा बगेको डुंगामा एकसाथ खुट्टा राख्दा जे हालत हुन्छ यि ठगहरुले देशलाई त्यस्तै हालतमा पुर्याए।

विपि कोइराला र राजा महेन्द्रको समयमा चीन र भारत बिच अत्याधिक तनाव थियो , दुइ देश विच भिषण युद्ध नै भएको थियो त्यसैले विपि र राजा महेन्द्रलाई अन्तरास्ट्रिय कुटनिती संचालन गर्न निकै सकस परेको थियो , दुई ठूला देश विचको सानो देशको नेताको रुपमा सन्तुलन राख्न कठिनाई थियो , विश्व अमेरिकी खेमा र सोभियत खेमामा विभाजित थियो र शित युद्धको चरम शिखर थियो , यो स्थितिलाई पनि सन्तुलनमा राख्न जरुरी थियो , आज विश्वमा सोभियत खेमा र अमेरिकी खेमा भन्ने छैन , भारत र चीन इतिहासकै सबैभन्दा सौहाद्रपूर्ण अवस्थामा छन तर नेपालका यि टपरेहरु सहजतापूर्वक अन्तर्राष्ट्रिय कुटनिती संचालन गर्नुपर्ने ठाउँमा बाराम्बार देशको बेइज्जती हुने गरि चिप्लिएका छन, विपि र महेन्द्र राजनेता थिए यि परे ठग !

राजदूतको पद ३ देखी ५ करोड रुपैयाँ मुल्य तोकेर नाङ्गले पसल थापेका छन यि लोभी-ठग बाहुनहरु ! यि ठगहरुको राजमा राजदूत हुन कुटनैतिक ज्ञान हुनु जरुरी छैन सिर्फ यि ठगहरुको भाई भतिज, सालो-साली , रखैल हुनु अनिवार्य छ । राजदूतको काम देशको हितमा आर्थिक , सामरिक , सांस्कृतिक निति तय गर्दै कुटनिती संचालन गर्ने होइन मानव तस्करी गर्दै करोडौं कमाउनु हो । त्यसैले राजदूतहरु कुर्लन्छन: म ३ करोड बुझाएर राजदूत बनेको हुँ , मलाई कसले बर्खास्त गर्छ ? ३ करोडको ब्याज सहित असुल गर्न परेन ? लगानीको नाफा चाहिएन? यिनै ठगहरु अग्रगमन , विकास र समृद्धिको भाषण छाँटछन अनि यिनका झोलेहरु ताली ठोक्छन।

– सि जिन पिङ्गले स्पष्ट शन्देस दिएका छन : संघियता र धर्म निरपेक्षता बाट पछाडी हट नत्र दूर्घटनाको निम्ती तयार होउ । चीन प्रष्ट्र छ : संघियता र धर्म निरपेक्षताको प्रयोजन चीन घेर्ने नितिको कडि हो। पश्चिमाहरु लुम्बिनिको विकासको लागी १ सुका खर्च गर्दैन तर डाँडा डाँडामा गुम्बा बनाउन अर्बौ लगानी गर्छ – बौद्ध धर्मको उत्थान गर्न रे ….! तर बौद्ध समुदायमा चर्चको विस्तार गर्न पनि अर्बौ खन्याउछ , बौद्ध समुदायका मानिसहरुलाई ईसाई बनाउन हरतरहले कोशिस पनि गर्छ , गुम्बा बनाउँछ कहाँ ? सक्दो चीनको सिमा तर्फ ! भुकम्प आउँदा पास्चिमाको हेलिकप्टर राहत बाँडने नाममा नेपाल छिर्छ तर भुकम्प प्रभावित क्षेत्रमा जाँदैन चीनको सिमा तर्फ सोझिन्छ जाशुसी गर्न ! राहतको बोरामा बाईबिल बोकेर आउँछ।

नरेन्द्र मोदी र सि जिन पिङ्ग एउटा मुद्धामा साझा छन “सांस्कृतिक राष्ट्रबाद” , मोदि पुरै जोडका साथ यो अभियानमा होमिएका छन दिर्घकालिन नितिका साथ , त्यसैले उसले भर्खरै पाकिस्तान , बंगलादेश वा अन्य देश बाट पलायन भएर भारत छिरेका हिन्दु , बौद्ध , जैन र शिखहरुलाई आत्मसात गर्ने निर्णय गरेको छ किनकी यि ४ धर्म र संस्कृती भारतको राष्ट्रियताको खम्बा हुन। धर्मान्तरण विरुद्धको कठोर कानुन ल्याउँदैछ, धर्मान्तरणमा संग्लग्न १९ हजार आई एन जि ओ लाई लखेटिसकेको छ र अन्यलाई पनि सफाया गर्दैछ। धर्मान्तरण मार्फत राजनितिक प्रभुत्व स्थापित गरिएका राज्यहरुमा आफ्नो शक्ति केन्द्रीत गरेका छन , अहिले यो मिशन पश्चिम बंगालमा केन्द्रीत छ यसको असर गत संसदिय चुनावमा देखियो, डेढ वर्ष पछि हुने विधानसभा चुनावमा पश्चिम बंगालमा विजेपी २ तिहाई बहुमतले जित्दैछ , यसपछिको मिशन केरला हुनेछ। उता चीन चाहिं चर्चहरु धमाधम बन्द गर्दै ताओईजम , कन्फ्युसियसिज्म , र बुद्धिजमको उत्थानमा जुटेको छ । माओको भन्दा ठिक बिपरित निति लिँदै सि जिन पिङ्ग सांस्कृतिक पुनरुत्थानमा केन्द्रीत छ र आफ्नो देश वा छिमेकमा ईसाईकरणको विस्तार आफ्नो देशको सुरक्षाको लागी ठूलो खतरा ठान्छ। नेपालमा धर्म निरपेक्षताको प्रयोजन ईसाईकरणको विस्तार र तदनुरुप चीन घेर्ने नितिको अंश हो भन्ने चीन बुज्दछ त्यसैले उसले नेपाललाई सांस्कृतिक राष्ट्रबादको पाठ पढाएको छ तर नेपालका ठगहरुले संघियता र धर्म निरपेक्षताको लागी पश्चिमी देशहरु बाट अर्बौ पैसा कुम्लाएका छन यो पनि चीन बुझ्छ।

दुइ ठूला छिमेकी देशहरु साझा मुद्धाको रुपमा सांस्कृतिक पुनरुत्थानको दिशामा अघि बढेका छन तर ठगहरुले नेतृत्व गरेको नेपाल प्रगतिशिल र अग्रगमनको नाममा सांस्कृतिक ध्वंसमा उत्रीएको छ , ओलि वा प्रचण्डलाई पशुपति जान लाज हुन्छ किनकी भ्याटिकन दरबार रिसाउँछ ! ईसाईकरणमा सघाउने शर्तमा यिनले पैसा खाएका छन , यहि अनुरुप यिनले जस्केला बाट संविधान ल्याए । चीन र भारतको पोजिसन प्रष्ट्र छ त्यसैले केहि दिन अघि प्रचण्डले भक्कनिंदै भने : “म हिन्दू राज्य मान्न तयार छु” । तर उनको भनाईलाई न त भारतले गम्भिरतापूर्वक लियो न त चीनले।
नेकपाले विगत देखी नै संघियता र धर्म निरपेक्षतालाई १० वर्षे जनयुद्ध र ६२ को जन आन्दोलनको महान उपलब्धिको रुपमा व्याख्या गरेर आफ्ना कार्यकर्ताहरुलाई उल्लू बनाईरहेको छ र यि झुसुलेहरु बिनाफक्कैमा उफ्रीरहेका छन तर तथ्य के हो भने नेकपा संघियता र धर्म निरपेक्षताको लूतो फाल्ने दाउ हेरिरहेको छ तर सजिलो चाहिं छैन किनकी यहि २ शर्तमा माओवादिले भूमिगतकाल देखी पश्चिमा बाट ठूलो मात्रामा गन र धन प्राप्त गरेको थियो, यहि शर्तमा हजारौं आई एन जि ओ हरुले पूर्व एमाले को व्यवस्थापन गरेको थियो। संघियता र धर्म निरपेक्षताको लूतो फाल्न नेकपाले हाल बामदेब गौतमलाई अगाडी सारेको छ, गोप्य रुपले उनले कैयौं संग छलफल पनि चलाएका छन ।
– सि जिन पिङ्गको अर्को शन्देश छ : या त छिमेकी सँग मिलेर बस या त दूर्घटनाको सामना गर, सात समुन्द्र पारिको शक्तिले तिम्रा काँधमा बन्दूक राखेर हामिलाई तेर्साएको हामिलाई सह्य हुँदैन । पिङ्गको यो धम्की पनि संघियता र धर्म निरपेक्षता सँग जोडिन्छ किनकी चीन बिरुद्ध प्रयोग हुने बलियो काँध भनेकै संघियता र धर्म निरपेक्षता हो।
समष्टिमा : नेपाल पश्चिमाले बोकाएको संघियता र धर्म निरपेक्षता बाट पछाडी नहटेमा दूर्घटनामा जाने निश्चित छ।

श्रेष्ठको फेसबुक वालबाट साभार

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -